३३ अर्बभन्दा बढीको वैदेशिक लगानी प्रतिबद्धता

0
Quantam abroad studies

काठमाडौँ – चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो दुई महिनामा नेपालले ३३ अर्ब ९ करोड २० लाख ५४ हजार रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता प्राप्त गरेको छ। उद्योग विभागले सार्वजनिक गरेको प्रतिवेदनअनुसार साउन र भदौ महिनामा मात्र २३६ परियोजनाका लागि यस्तो प्रतिबद्धता आएको हो।

उद्योगको आकारका आधारमा २२५ वटा साना, चार वटा मध्यमस्तरका र सात वटा ठूला परियोजनामा लगानी स्वीकृति भएको विभागले जनाएको छ। लागतको हिसाबले कृषिमूलक उद्योग अग्रस्थानमा छ। नौ वटा कृषि परियोजनामा मात्र २१ अर्ब ५९ करोड ८० लाख रुपैयाँ बराबरको लगानी प्रस्ताव स्वीकृत भएको छ।

उत्पादनमूलक उद्योगमा १२ परियोजनाका लागि एक अर्ब २४ करोड रुपैयाँ, ऊर्जामूलक उद्योगको एक परियोजनामा १८ करोड २५ लाख ५० हजार रुपैयाँ र सेवामूलक उद्योगका १५ परियोजनामा दुई अर्ब ८१ करोड ५० लाख रुपैयाँको प्रतिबद्धता प्राप्त भएको छ।

त्यसैगरी पर्यटन क्षेत्रमा ७९ परियोजनाका लागि छ अर्ब ६९ करोड २० लाख ५० हजार रुपैयाँ र सूचना प्रविधिमूलक उद्योगमा १२० परियोजनाका लागि ५६ करोड २७ लाख ५४ हजार रुपैयाँ बराबरको लगानी प्रस्ताव आएको छ।

sahani furniture udyog

पछिल्ला दुई महिनामा मात्र ४०९ जना वैदेशिक लगानीकर्ता, ६० जना लगानीकर्ताका प्रतिनिधि र १०७ जना आश्रितलाई नेपालका लागि भिसा सुविधा प्रदान गरिएको विभागको जानकारीमा उल्लेख छ।

उद्योग विभागका अनुसार हालसम्म कुल ७ हजार ४७५ परियोजनाका लागि करिब ६ खर्ब ८४ अर्ब ५१ करोड ४१ लाख ७१ हजार रुपैयाँ बराबरको वैदेशिक लगानी स्वीकृत भइसकेको छ। विशेषज्ञहरूका अनुसार कृषिमूलक र पर्यटन क्षेत्रतर्फको बढ्दो लगानीले आगामी वर्षमा रोजगारी र उत्पादन वृद्धिमा सकारात्मक संकेत देखाएको छ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.