नेप्सेमा उछाल, ९ अर्ब बढीकाे कारोबार

0
Quantam abroad studies

काठमाडौं । जेनजी आन्दोलनपछि पहिलोपटक नेप्से परिसूचकमा आइतबार ठूलो उछाल देखिएको छ। लगातार ऋणात्मक सर्किट लागेर १६० अंकले ध्वस्त भएको बजार आज ११६.०१ अंकले बढ्दै २६२७.९३ विन्दुमा उक्लिएको हो। यससँगै बजार ४.६१ प्रतिशतले हरियो बन्दै कारोबार पनि ९ अर्ब १७ करोड रुपैयाँमा पुगेको छ।

दुई करोड कित्ता भन्दा बढी सेयर किनबेच हुँदा २२४ कम्पनीको मूल्यमा वृद्धि भएको छ भने २८ कम्पनीको मात्र मूल्य घटेको छ। सिन्धु विकास बैंक, भूगोल इनर्जी डेभलपमेन्ट, गुडविल फाइनान्ससहित नौ कम्पनीमा पोजिटिभ सर्किट लागेको छ।

तर सिद्धार्थ प्रिमियर इन्स्योरेन्स, सिटिजन्स म्युचुअल फन्ड २ र हिमालयन एभरेष्ट इन्स्योरेन्सलगायतका सेयरमा भने ७.६२ प्रतिशतसम्मको गिरावट आएको छ।

sahani furniture udyog

कुल कारोबारमा नेपाल पुनर्बीमा कम्पनी अग्रस्थानमा रह्यो। कम्पनीको ८३ करोड रुपैयाँको सेयर खरिदबिक्री भयो। त्यसपछि हिमालयन रिइन्स्योरेन्सको ४८ करोड, गार्डियन माइक्रो लाइफको ३० करोड, शिवम् सिमेन्टको २७ करोड र हिमालयन डिस्टिलरीको २४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।

आजको दिन व्यापार उपसूचक सबैभन्दा बढी ८ प्रतिशतले बढेको छ। बजारमा देखिएको यो उछालले लगानीकर्तामा फेरि आशा पलाएको छ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.