क्यानडा पठाइदिने भन्दै ६ लाख रुपैयाँ ठगी गर्ने एक पक्राउ

0
Quantam abroad studies

वैदेशिक रोजगारीका लागि क्यानडा पठाइदिने भन्दै ६ लाख रुपैयाँ ठगी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। 

पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको चौरीदेउराली गाउँपालिका–९ घर भइ हाल ललितपुर बस्ने वर्ष २० को आसमान विक रहेका छन्।

उनले आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि क्यानडा लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ।

sahani furniture udyog

पीडितले दिएको जाहेरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो। उनीमाथि थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.