
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य सामान्य रूपमा घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा १ सय रुपैयाँले घट्दै तोलाको २ लाख ५८ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार सुनको मूल्य तोलाको २ लाख ५८ हजार ४ सय रुपैयाँ थियो ।
यता चाँदीको मूल्य भने हालसम्मकै उच्च विन्दुमा पुगेको छ । आज चाँदी एकैदिन तोलामा १ सय रुपैयाँले बढेर ४ हजार १ सय ५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । शुक्रबार चाँदीको मूल्य ४ हजार ५ रुपैयाँ थियो ।

यसअघि बिहीबार चाँदीको मूल्य तोलाको ४ हजार ८० रुपैयाँ रहेको थियो । पछिल्ला दिनहरूमा चाँदीको मूल्य लगातार बढ्दो क्रममा रहेको देखिएको छ ।
