
कपिलवस्तु । यशोधरा गाउँपालिकाले अत्याधिक चिसो बढेका कारण विद्यार्थीहरूको स्वास्थ्य तथा पठनपाठनमा असर पर्न सक्ने अवस्थालाई मध्यनजर गर्दै गाउँपालिका अन्तर्गत सञ्चालित सम्पूर्ण विद्यालयहरूमा जाडो विदा दिने निर्णय गरेको छ ।
गाउँपालिकाले जारी गरेको सूचनाअनुसार मिति २०८२ साल पौष ९ गतेदेखि पौष १४ गतेसम्म जाडो विदा दिइनेछ । उक्त विदा विद्यालयहरूको वार्षिक विदाबाट कट्टी हुने गरी लागू गरिने जनाइएको छ ।

मौसम प्रतिकूलताका कारण विद्यार्थीहरूमा स्वास्थ्य समस्या देखिन सक्ने जोखिम बढेकाले सावधानीस्वरूप जाडो विदा दिइएको गाउँपालिकाले स्पष्ट गरेको छ । यस निर्णयले विद्यार्थी तथा अभिभावकहरूलाई राहत मिल्ने अपेक्षा गरिएको छ ।

