क्यान अध्यक्ष चन्द चुनावी मैदानमा, के हाेला चन्दकाे पद ?

0
Quantam abroad studies

बैतडी । फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले गृहजिल्ला बैतडीबाट उम्मेदवारी दर्ता गराएसँगै एउटा चासोले चर्चा पाएको छ—अब उनको प्राथमिकता क्रिकेट हो कि संसद्?

मंगलबार मनोनयन दर्तापछि चन्दमाथि ‘क्यान अध्यक्ष पद के हुन्छ?’ भन्ने प्रश्न तेर्सिएको छ। तर उनी तत्काल पद छोड्ने मनस्थितिमा छैनन्। समय व्यवस्थापन गर्न सकिने दाबी गर्दै उनले अहिलेका लागि अध्यक्ष पदमै रहने संकेत गरेका छन्।

“क्यानको कार्यकाल अझै बाँकी छ। समय मिलाएर दुवै जिम्मेवारी सम्हाल्न सक्छु,” चन्द भन्छन्, “यदि सम्भव नभए जिम्मेवारी हस्तान्तरण गर्न ढिलाइ हुँदैन।”

sahani furniture udyog

कांग्रेस बैतडीका वर्तमान सभापति समेत रहेका चन्दका लागि राजनीति र क्रिकेट नयाँ संयोजन होइन। पार्टी नेतृत्व र क्यान अध्यक्षको भूमिकालाई उनले यसअघि पनि सँगसँगै अघि बढाएका छन्।

चन्द २०७६ सालमा पहिलोपटक क्यान अध्यक्ष बनेका थिए। २०८० सालमा भने उनी निर्विरोध दोस्रो कार्यकालका लागि अध्यक्ष चयन भएका हुन्। अब प्रश्न एउटै छ—चुनावी नतिजाले चन्दलाई संसद् तान्ला कि क्रिकेटमै बल घुमाइराख्ला?

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.