लुम्बिनी प्रदेश सरकारले मन्त्रालयकाे सङ्ख्या घटाउने

0
Quantam abroad studies

लुम्बिनी प्रदेश सरकारले आगामी साउन १ गतेदेखि लागू हुने गरी मन्त्रालय सङ्ख्या घटाउने तयारी थालेको छ । मुख्यमन्त्री चेतनारायण आचार्य ले चालु खर्च कटौती, प्रशासनिक संरचना चुस्त बनाउने र सेवा प्रवाह प्रभावकारी बनाउन मन्त्रालय घटाउन लागिएको बताएका हुन् ।

प्रदेश विकास समस्या समाधान समितिको बैठकमा उनले असार १५ देखि २० गतेभित्र मन्त्रालयअन्तर्गतका निर्देशनालय र कार्यालयको समायोजन प्रक्रिया टुङ्ग्याइने जानकारी दिए । हाल प्रदेशमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित १२ मन्त्रालय रहेका छन् ।

sahani furniture udyog

बैठकमा विभिन्न मन्त्रालयका सचिवहरूले खानेपानी आयोजनामा बजेट अभाव, जलस्रोत व्यवस्थापन, चुरे संरक्षण, मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण तथा यातायात सेवा जिल्लाबाटै सञ्चालन गर्नुपर्ने विषयमा सुझाव दिएका थिए ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.