विजयनगरमा फोहर सङ्कलन गर्न खुल्ला दौड प्रतियोगिता हुने

0
Quantam abroad studies

विजयनगर गाउँपालिका ले वातावरण संरक्षण र सरसफाइ प्रवर्द्धन गर्ने उद्देश्यले फोहर सङ्कलनसम्बन्धी खुल्ला दौड प्रतियोगिता आयोजना गर्ने भएको छ ।

गाउँपालिकाले सूचना जारी गर्दै प्रतियोगिता आगामी जेठ ७ गते बिहान ७ः३० बजे विजयनगर–२ पचरङ्गैयास्थित श्री जनता आधारभूत विद्यालयको प्राङ्गणबाट सुरु हुने जनाएको छ । दौड श्री जनता आ.वि.बाट सुरु भई जगदीशपुर चोकसम्म सञ्चालन गरिनेछ ।

प्रतियोगितामा गाउँपालिकाका स्थायी बासिन्दा, संघसंस्था तथा कार्यालयमा कार्यरत जनप्रतिनिधि र कर्मचारी सहभागी हुन सक्नेछन् । सहभागीले केवल नुकिने फोहर सङ्कलन गर्नुपर्ने व्यवस्था गरिएको छ ।

sahani furniture udyog

प्रतियोगितामा सबैभन्दा बढी फोहर सङ्कलन गर्ने तीन जनालाई क्रमशः १० हजार, ७ हजार र ५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने गाउँपालिकाले जनाएको छ । आवश्यक सुरक्षा सामग्री र फोहर सङ्कलनका झोला आयोजकले उपलब्ध गराउनेछन् ।

गाउँपालिकाले सरसफाइप्रति जनचेतना अभिवृद्धि गर्दै स्वस्थ र स्वच्छ वातावरण निर्माणका लागि नागरिकलाई सक्रिय सहभागिताको आग्रह गरेको छ ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.