२२ अर्ब ऋणमा बनेको विमानस्थल आन्तरिक उडानमा सीमित

0
Quantam abroad studies

पोखरा अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आएको साढे तीन वर्ष बितिसक्दा पनि नियमित अन्तरराष्ट्रिय उडान हुन सकेको छैन। झण्डै २२ अर्ब रुपैयाँ ऋणमा निर्माण गरिएको विमानस्थल हाल आन्तरिक उडानमै सीमित बनेको छ। हिमालय एयरलाइन्सले सुरु गरेको पोखरा–ल्हासा उडान यात्रु अभावका कारण एक वर्षमै बन्द भएको छ।

यसबीच पोखराबाट पहिलोपटक भारततर्फ मेडिकल चार्टर उडान गरिएको छ। श्री एयरलाइन्सले बिरामी भारतीय नागरिकलाई भोपाल पुर्‍याएको उक्त उडानलाई भविष्यमा भारतका विभिन्न सहरसँग नियमित हवाई सेवा विस्तारको सम्भावित सुरुवातका रूपमा हेरिएको छ।

sahani furniture udyog

व्यवसायी र पर्यटन क्षेत्रले सरकारले भारत र चीनसँग कूटनीतिक पहल गरी नियमित अन्तरराष्ट्रिय उडान सञ्चालन गर्नुपर्ने माग दोहोर्‍याएका छन्। अन्तरराष्ट्रिय उडान नहुँदा विमानस्थल लक्षित अर्बौं लगानीसमेत प्रभावित बनेको उनीहरूको भनाइ छ। सरकारले आगामी नीति तथा कार्यक्रममा पोखरा विमानस्थलमा अन्तरराष्ट्रिय वायुसेवा आकर्षित गर्न कूटनीतिक पहल गर्ने उल्लेख गरेको छ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.