
काठमाडौं, असोज २४
ककरोच जनता पार्टीको विरोध प्रदर्शनको आह्वानका बीचमा चर्चित भारतीय युट्युबर ध्रुव राठी पक्राउ परेका छन् । उनलाई शनिबार बिहान दिल्ली प्रहरीले हिरासतमा लिएको छ। ध्रुव राठीलाई गुरुग्रामको सेक्टर ५६ मा हिरासतमा लिइएको छ।यसअघि शुक्रबार साँझ, ध्रुव राठीले सामाजिक सञ्जालमा एउटा रिल पोस्ट गरेका थिए। भिडियोमा, उनी इन्डिया गेटको अगाडि हिंडिरहेका देखिन्थे।
भिडियोमा ध्रुव राठीले भनेका छन्, ‘म दिल्ली आइपुगेको छु। मैले देखेँ कि प्रधानमन्त्रीले ५० भन्दा बढी मेट्रो स्टेशनहरू बन्द गर्नुभएको छ, र धेरै रेल र बसहरू रद्द गरिएका छन्। विरोध प्रदर्शनका कारण उनीहरूले दिल्लीलाई लकडाउनमा राखेका छन्।ू’

उनले अगाडि थप भनेका छन्, ‘मैले बुझिन मोदीजी के गर्दै हुनुहुन्छ। एकातिर, तपाईंको आईटी सेलले भनिरहेको छ कि हाम्रो विरोधमा कुनै पनि भीड आउने छैन। यदि भीड हुने छैन भने, तपाईं यो सबै किन गर्दै हुनुहुन्छ ? मलाई लाग्छ तपाईं डराउनुभएको छ। वास्तवमा, सम्पूर्ण जनता जागृत भइसकेका छन्।ू
दिल्ली प्रहरीले प्रदर्शनमा सामेल हुन भेला भएका ६ सयभन्दा धेरै प्रदर्शनकारीलाई हिरासतमा लिएको छ। भारत सरकारले नयाँ दिल्लीमा शुक्रबार रातिदेखि शनिबार रातिसम्म २४ घन्टा इन्टरनेट सेवा बन्द गरेको छ । कक्रोच जनता पार्टीले शनिबार नयाँ दिल्लीको जन्तर मन्तरमा विशाल प्रदर्शन गर्ने भएको छ ।
