ज्याकेट भित्र लागू अौषध लुकाएर लैजादै गर्दा नवलपरासी पश्चिममा एक जना पक्राउ

0
Quantam abroad studies

रबिन्द्र यादव / जेष्ठ २७

sahani furniture udyog

नवलपरासी पश्चिममा लागू औषध सहित एक जना पक्राउ परेका छन। आइतबार बिहान दस बजेको समयमा जिल्लाको सुस्ता गाउँपालिका ५ रतनगंज गाउँको भित्री सडक बाट कुडिया जाँदै गरेका युपी ५३ एजे ०२७७ भारतीय प्लेट नम्बरको मोटरसाइकलमा सवार एक जनालाई प्रहरीले रोकेर चेकजाँच गर्दा उक्त व्यक्तिको ज्याकेट भित्रबाट लागू अौषध बरामद प्रहरीले गरेको छ । बरामद गरिएको लागू अौषधमा नाइट्रोभेट ४ पत्ता ६० पिस , स्पास्मो ४ पत्ता ३२ पीस , अोरेक्स १०० एमएलको ४ बोतल रहेको इलाका प्रहरी कार्यालय बेलाटारीका इन्सपेक्टर खुमान्नद पाण्डेले बताए । उनी बाट एउटा चक्कु र दुई वटा मोबाइल समेत बरामद गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्ने व्यक्ति पुर्वी नवलपरासी विनयी त्रिवेणी गाउँपालिका वडा नं ६ रानिनगर घर भई बर्ष २६ का निरज कुमार गौड रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमले जनाएको छ । गौडलाई नियन्त्रणमा लिई थप अनुसंधान भइरहेको जिल्ला प्रहरी कार्यालयले बताएको छ ।
लकडाउनको मौका छोपी लागू औषधको ओसारपसार नवलपरासी पश्चिममा बढेको छ ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.