बालश्रम अन्त्यका लागि युवा नेतृत्व राष्ट्रिय सम्मेलन २०७७ को तयारी पुरा

0
Quantam abroad studies

नवलपरासी पश्चिम , जेष्ठ २८ नेपालमा बालश्रम अन्त्यका लागि युवाहरु द्धारा सञ्चालन गरिने युवा नेतृत्व राष्ट्रिय सम्मेलन २०७७ को तयारी पूरा भएको अायोजकले बताएको छ ।
लकडाउनको कारणले गर्दा सामाजिक सञ्जालको मार्फत देशका ७ प्रदेशका १०० भन्दा बढी युवाहरुको सहभागिता हुने गरी सञ्चालन गर्न लागिएको जानकारी राष्ट्रिय बाल संरक्षण सञ्जालका अध्यक्ष ऋतु भट्ट राईले बताए ।
नेपालको संविधानले बालबालिकाको हक अधिकार अन्तर्गत कुनै पनि प्रकारको शोषण, जोखीमपूर्ण, खतराजन्य काममा लगाउन निषेध गरेको छ । बालबालिका सम्बन्धी ऐन २०७५ ले पनि बालबालिकाको आर्थिक , शारीरिक तथा मानसिक शोषण गर्न नपाईने सुनिश्चित गरेको छ । बालश्रम ऐन ( निषेध र नियमन ऐन २०५६ ) ले १४ वर्षमुनीका बालबालिकाहरु लाई कुनै पनि प्रकारको श्रममा र १४ देखी १८ मुनिकालाई जोखीमपूर्ण , खतराजन्य काममा रोजगारी निषेध गरेको छ ।
स्थानीय तहहरु बाट बालश्रम अन्त्यको लागि युवाहरुको क्षमता विकास र उनीहरु बाट प्रतिबद्धताको लागि स्वतन्त्रता अभियान नेपाल र ग्लोवल मार्च अगेन्ष्ट चाईल्ड लेवर लगायत बालबालिकाको क्षेत्रमा क्रियाशिल १० राष्ट्रिय सञ्जालहरु ( राष्ट्रिय बाल संरक्षण सञ्जाल, डयुकम अभियान, बालिका अधिकारका लागि राष्ट्रिय सञ्जाल, बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान , कन्सोर्टियम नेपाल , बालमैत्री स्थानीय शासन राष्ट्रिय मन्च , OP3 CRC Committee HRTMCC र समाहित शिक्षा मन्चको संयुक्त को आयोजनामा सो कार्यक्रमको आयोजना गरिएको कुरा बालमैत्री स्थानीय शासन राष्ट्रिय मन्चका संयोजक तिलोत्तम पौडेलले जानकारी दिए ।

sahani furniture udyog

जेठ ३० र ३१ गते २ दिन सम्म सञ्चालन हुने उक्त कार्यक्रममा उद्घाटन समारोहमा नेपाल सरकार महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका मन्त्री पार्वत गुरुँगको उपस्थिती रहने जानकारी बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियानका अध्यक्ष नरेन्द्र डंगोलले बताए ।
विभिन्न ५ वटा फरक फरक विषयहरुमा अनलाईन बाट अन्तरक्रिया र छलफल साथै प्यानल छलफल कार्यक्रम पश्चात समापन समारोहमा युवा सम्मेलन घोषणा पत्र २०७७ जारी गर्दै स्थानीय तह, प्रदेश सरकार, संघीय सरकार, विभिन्न सरकारी तथा गैरसरकारी निकायहरुको भुमिका समेत खोज्दै समग्र युवाहरुलाई आबद्ध गरी नेपालबाट बालश्रम अन्त्यको लागि कार्यहरु गरीने कन्सोर्टियम नेपालका अध्यक्ष किरण थापाले जानकारी दिए ।

उक्त कार्यक्रममा सहभागिताको लागि अनलाईन बाट फर्महरु संकलन गरी छनौट प्रक्रिया पुरा गरेका युवाहरुको सहभागिता रहने र यसमा कार्यक्रम सञ्चालक र विषयको बारेमा प्रस्तुतीकरण पनि युवाहरु बाट नै गराईन लागेकोले यो युवाहरुको नेतृत्व द्धारा युवाहरुको लागि सञ्चालन गरिएको नमुना कार्यक्रम हुने कुरा आयोजकले बताएको छ ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.