कृष्णनगर नाकाबाट चल्लाको तस्करी , निरुत्साहित गर्दै प्रहरी

0
Quantam abroad studies

निरहु यादव , कृष्णनगर, अषाढ ७

इलाका प्रहरी कार्यालय कृष्णनगर तथा प्रहरी चौकी बेदर्मी बाट खटिएको गस्ती टोलीले अबैध रूपमा भारतबाट ल्याइएको कुखुराको चल्ला बरामद गरेको छ। विशेष सुराकी को आधार मा कृष्णनगर नगरपालिका वडा नं १२ हरिगवा बाट ३२ कार्टून चल्ला बरामद गरेको छ। बरामद गरिएको चल्ला खाल्डो खनि पशु क्वारेनटाइन का प्रतिनिधि लालमणि अर्याल, कृष्णनगर नगरपालिका प्रतिनिधि सुदिप प्रताप मौर्य, प्रहरी, पत्रकारको उपस्थिति मा उक्त चल्ला नष्ट गरिएको छ ।

sahani furniture udyog

उक्त चल्लाको अनुमानित मुल्य लगभग २ लाख ८१ हजार रुपया सम्म पर्ने कुरा इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक प्रताप पौडेलले जानकारी दिएका छन । प्रहरी अवैध क्रियाकलाप रोक्न २४ घण्टा तयार रहेको र आम जनता,पार्टी प्रतिनिधि , पत्रकार,न्याय प्रेमीसँग निरन्तर समन्वय र संवाद गरि समाजिक सुरक्षा र शान्ति कायम राख्न जनसमुदायको सहयोग आवश्यक रहेको कुरा इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरिक्षक प्रताप पौडेल ले जानकारी दिएका छन् ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.