सप्तरी मा राष्ट्रिय अध्यक्ष यादवको प्रमुख आतिथ्यमा करिब पाँच सय युवा जसपामा प्रवेश !

0
Quantam abroad studies

नबिन यादव , असोज १८ , राजबिराज

जनता समाजवादी पार्टी नेपालको राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव को प्रमुख आतिथ्य र युवा पार्टी प्रवेश कार्यक्रमको अध्यक्ष बोदेबर्साइन नपा के प्रमुख आतेश कुमार सिहको अध्यक्षता मा पब्लिक बिन्देशवरी मा. बिराजबिराज को प्राङ्गणमा आज सप्पन्न कार्यक्रममा करिब पाँच सय युवाहरु जसपामा प्रवेश भएका छ्न।

पुर्व निर्धारित कार्यक्रम अनुसार आज युवा सत्येन्द्र यादव, मुस्तकिम आलम, आशुतोष झा , कमल साह, सुमन सिंह, ललित यादव, सुगम सिंह राजपुत, बिकी सिंह मो. पिरू , राजा मंडल लगायत करिब पाँच सय युवाहरु जसपामा प्रवेश भएका नवप्रवेशी युवा सत्येन्द्र यादवले जानकारी गराएका छ्न।

sahani furniture udyog

कार्यक्रममा पार्टीको राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव ले केपि सरकारले उपेक्षित, उत्पीडित मधेसी, आदिवासी , जनजाति, थारु, मुस्लिमको बारम्बार अधिकारवादी आन्दोलनले दिएका बलिदानी का बाबजुद पनि सरकारको नियत संविधान संशोधन गर्न तर्फ नगाएको साथे केपी नेतृत्वको सरकारले कमिसन, भ्रष्टाचार, बिचोलियालाई संरक्षण गरेका कारण आन्दोलनका लागि उत्पीडित, शोषित बर्गलाइ तयार रहन समेत आग्रह गरेका छन।उक्त कार्यक्रममा जसपाका अन्य नेता हरुको उपस्थित थियो।

उपस्थित नेताहरु मा ,राष्ट्रसभा सदस्य मृगेन्द्र कुमार सिंह यादव, शेखर कुमार सिंह , तिलाठी कोइलाडी गापा को प्रमुख सतिश कुमार सिंह, प्रदेश दुइको भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री माननीय शैलेन्द्र प्रसाद साह, कृषि राज्यमन्त्री योगेन्द्र यादव , प्रदेश सभा सदस्य मनिष सुमन,पार्टी प्रदेश सचिव दिनेश कुमार यादव, जिल्ला अध्यक्ष केदार प्रसाद यादव लगायतका नेताहरूको उपस्थितिमा सप्पन्न भएका छ्न।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.