आमा

0
Quantam abroad studies

सलिना मियाँ /गोरखा
कविता-अामा ( धन्य छौ अामा तिमी )

धन्य छौ आमा तिमि नौ महिना कोखमा राखि जन्माउने
धन्य छौ अामा तिमी मलाई यो सुन्दर संसार देखाउने ।।

प्रशबको बेदना र पेट बाट बाहिरि दुनियाँ मा
अाउन चाहने लाई ख्याल गर्ने तिमी
अामा ले त्याग्छिन सन्तान को लागि सबै चिज
अनि सन्तान ले अामा लाई नै सम्झिन्छ सानो चिज।।

भोक प्यास केहि नभनी कति
दुख गर्छौ तिमी
सामाजिक सस्कृतिमा डुब्न सिकाउने आमा तिमि।।

धन्य छौ आमा तिमी नौ महिना कोखमा राखी जन्माउने
धन्य छौ आमा तिमी मलाई यो सुन्दर संसार देखाउने

जीवन अनि मरण को दोषात बाट उम्किएर
हामिलाइ मर्न देखी बचाउने तिमिनै हौ
सारा इच्छा चाहना लाई कुन्चिएर
सदा सन्तान को भलो चाहने
तिमि नै हौ।।

सुत्केरी को अबस्थामा जुवानो को झोल नपाउदा
दूध न आए पनि छात्तिमा टासि
भुलाउने तिमि
अाफु ले फाटेको अनि टालेकै लुगा पनि नपाउदा
सन्तान ले राम्रो लगाउन भन्ने प्रवित्र भाव व्यक्त गर्ने तिमी।।

sahani furniture udyog

अाफु ले नखाइ नखाई साचि राखि
हामिलाइ लुकाइ लुकाइ खुवाउने तिमि
अाफ्नो प्राण भन्दा प्यारो ठान्छौ हामिलाइ
सन्तान को लागि मर्न र मार्न तयार हुने तिमि।।

सन्तानको खुशिको लागि मैन बत्ती जसरी जलिदिने तिमी
जती ठुलो गल्ती गरेपनी बच्चा जस्तो भनि क्षमा गरिदिने तिमी।।

एक मुठ्ठि सास रहदा पनि सन्तान लाई याद गर्ने तिमी
छोराछोरी ले माया नगरे पनि एककोहोरो प्रेम दर्साउने तिमी।।

तिमी भन्दा कोहि छैन आमा संसारमा ठुलाो
धर्ति पनि तिमी नै हौ आकाश पनि तिमी।।

समाजमा भिज्न सिकाउने रम्न अनि खेल्न सिकाउने
सस्कार अनि माया दिई योग्य बनाउने तिमि।।

धन्य छौ आमा तिमी नौ महिना कोखमा राखी जन्माउने
धन्य छौ आमा तिमी मलाई यो सुन्दर संसार देखाउने।।

धन्यवाद

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.