हुलाकी राजमार्गमा निर्माण कम्पनीको मनमानी गुणस्तरहीन ईंटाको प्रयोग

0
Quantam abroad studies

शहबाज खान, पुष १३, कपिलवस्तु
वर्षौदेखि कालोपत्रे हुन नसकेर अलपत्रमा रहेको राष्ट्रीय गौरव योजना अन्तर्गत पर्ने हुलाकी राजमार्ग हाल सरकारले ठेक्का आव्हान गरि राजपुर देखि दत्तापुर सड़क खण्ड निर्माणको जिम्मा लामा गोल्डेनंउड शिवशक्ति जेभीलाई दिएको छ र निर्माण कार्य समेत संचालनमा रहेको छ ।

निर्माण कार्य शुरू भयो तर गुणस्त्ररहीन निर्माण कार्यप्रति स्थानिय जनताको गुनासो बढदै गंइ रहेको छ । किन कि केही ठांउमा कल्भर्ट निर्माणमा प्रयोग हुने गरेको ईटा गुणस्तरहीन पाइएको छ ।

उक्त विषयमा हुलाकी सड़क आयोजना कार्यलय गोरुसिङ्गेका इन्जिनियर विरेन्द्र गुप्तासँग बुझ्द उहाँको भनाइनुसार मेसिनको सहायताले ईटा परीक्षण गरेर मात्रै प्रयोगमा ल्याएको हो तर केही ठाउमा ईंटा गुणस्तरहीन झारेकोले हामीले उक्त ईंटा प्रयोग नगर्नाको लागि निर्माण कम्पनीका सम्बन्धित व्यक्तिहरुलाई निर्देशन समेत दिएका थियौं ।

गुणस्तरहीन ईटा झरेको ठाउँमा निर्माण कार्य रोकिसकेको तर पनि निर्माण कम्पनीले बदमाशी गर्दै गुणस्तरहीन ईट प्रयोग गरेका छन् र गुणस्तरहीन ईटा प्रयोग गरी निर्माण गरेको कल्भर्ट भत्काएर पुनः निर्माण गराउने आश्वासन दिदै उनले थप भने कि – मेरो निगरानीमा भएको काममा न गलत गर्छु न गर्न दिन्छु । उनको यो आश्वासन र प्रतिबद्धताले कत्तिको ‌ काम गर्ने हो हेर्न बाँकी छ ।

sahani furniture udyog

अर्को तिर ठेक्का पक्षका साईट इन्जिनियर साकिर आलमले गैर जिम्मेदारीपूर्ण तर्क दिदै भने कि ‘हामीले प्रयोग गरेको ईंटा गुणस्तरहीन रहेको छैन’ । गुणस्तरहीन ईंटा झरेको स्थलमा निर्माण कार्य रोकेका छौं ।

साईट इन्जिनियर आलमको मोबाईल नम्बरमा २०७७ पुस १२ गते ५ः०६ बजेको समयमा आइतबारका दिन कुरा गर्दा निर्माण कार्य रोकी सकेको भने तर ५ः२७ बजे आइतबारका दिन निर्माण स्थलमा पुग्दा निर्माण कार्य शुरु रहेको थियो । निर्माण कार्यमा खटेका मजदूरहरु ले सुरक्षा को निम्ति लगाउनु पर्ने सुरक्षा पोशाक पनि लगाइएको पाइएको थिएन ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.