टोमराज मेहताको अध्यक्षातामा प्रेस युनियन इनरुवा नगर समिति गठन

0
Quantam abroad studies

फागुन १, इनरुवा ।

अहिलेको अवस्थामा पत्रकारिताको महत्व अझ वढी रहेको प्रदेस नम्बर १ का विपक्षी दलका नेता राजिव कोइराला ले वताउनु भयो ।

सुनसरीको इनरुवा नेपाल प्रेस युनियन इनरुवाले अयोजना गरेको कार्यक्रम बोल्दै विपक्षी दलका नेता कोइरालाले अहिले का कुराहरुलाई जनताहरु समक्ष लानका लागि पत्रकारहरुको भुमिका महत्वपुर्ण हुने वताउनु भयो ।

संविधान मा हुदैन नभएको व्यवस्था को व्याख्या गर्दै संसद विघटन गरिने काम भएको भन्दै ठुला परिवर्तनलाई संस्थागत वनाउन नसकिरहेको समयमा असंवैधानिक कदल चालिएको विषय जनता समक्ष पुर्याउन पत्रकारहरुलाई नेता कोइरालाले आग्रह गरेका छन् ।

sahani furniture udyog

सोही अवसरमा नेपाल प्रेस युनियन इनरुवा नगर समिति गठन गरिएको छ । अजित झाको अध्यक्षतामा भएको युनियन आवद्ध सञ्चारकर्मीहरुको भेलाले टोमराज मेहताको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको हो ।

नयाँ कार्य समितिको उपाध्यक्षमा पिए मणी भट्टराई, सचिव दिपेन्द्र यादव ,सह सचिव पवन रौनियार र कोषाध्यक्षमा नसिम अन्सारीलाई चयन गरेको छ । सर्वसम्मत चयन भएको नयाँ कार्य समितिको सदस्यमा अस्लाम साफी, गणेश यादव, चन्दन मेहता, लुकमान अन्सारी, मुन्ना हसन, सज्जाद आलम रहेका छन ।

सो कार्यक्रममा विघटीत प्रतिनिधि सभाका सदस्य सिताराम मेहता , नेपाली काँग्रेस प्रशिक्षण विभागका सदस्य विरेन्द्रकुमार साह, नेपाल प्रेस युनियन कोशी अञ्चल सचिव कृष्ण भट्टराई जुनेली, नेपाल प्रेस युनियन सुनसरी अध्यक्ष पवन अधिकारी, सचिव निशान्त चौधरी लगायतले बोल्नुभएको थियो ।

कार्यक्रममा नेपाली काँग्रेस सुनसरीका सचिव केदार भण्डारी, नेपाल तरुण दल सुनसरीका सभापति सिजन गुरुगं, नेपाल प्रेस युनियनका पुर्व केन्द्रीय सदस्य इकवाल अहमद लगायतको उपस्थिती रहेको थियो ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.