मदरसामा रहेका मौलाना हरूलाई सरकारी दरवन्दी मा रूपान्तरण गर्न बोर्ड उपाध्यक्ष द्वारा ध्यानाकर्षण

0
Quantam abroad studies

शहबाज खान/ कपिलवस्तु

नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मंत्रालय पाठ्यक्रम विकास केन्द्र मान्यता तथा समकक्षता निर्धारण समितिले उत्तर प्रदेश मदरसा बोर्ड लखनऊ लगायतको केहि डिग्री लाई समेत समकक्षता दिएको छ ।

sahani furniture udyog

त्यो डिग्री बमोजिम मदरसाहरुमा अध्यापन गराउने मौलाना (शिक्षक) हरूलाई सरकारी दरबन्दी सरह गर्नु पर्ने बताउदै लुम्बिनी प्रदेश मदरसा बोर्ड उपाध्यक्ष मौलाना मशहूद खां नेपाली ले मदरसा बोर्ड अध्यक्ष माननीय लुम्बिनी प्रदेश सामाजिक विकास मंत्री सुदर्शन बराल मार्फतलाई यस विषय मा प्रदेशिक र संघिय सरकार समक्ष जोडदार तरिकाले पहल गर्न ध्यानाकर्षण गराएका छन् ।

माननीय मंत्री सुदर्शन बराल ले मदरसा शिक्षाका सवाल र चुनौती हरू प्रति सधै सकारात्मक रहेको बताए । उक्त छलफल मा राष्ट्रीय मदरसा संघ नेपाल का राष्ट्रीय अध्यक्ष डा. अब्दुल गनि अल्कुफी ले मदरसामा रहेका मौलानाहरूलाई छिट्टै सरकारी सरह सेवा सुविधा दिनु पर्ने माग गरे ।

छलफलमा राष्ट्रीय मदरसा संघ नेपालका उपाध्यक्ष शैख जैस मक्की , सदस्य मौलाना जहिर अहमद बरेलवी को समेत उपस्थितमा ध्यानाकर्षण गराएको र सम्पूर्ण कुराको जानकारी लुम्बिनी प्रदेश मदरसा बोर्ड उपाध्यक्ष मौलाना मशहुद खां नेपालीले दिए।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.