
कृष्णनगर , १५ फाल्गुन ।
अबैध तथा तस्करी हुने ठाउँको रूपमा बदनाम हुदै गरेको बिषय लिएर तस्करी र अवैध करोबारीहरु लाई नियन्त्रण गर्नको लागि भन्सार कार्यलय कृष्णानगरले केही दिन देखि आफ्नै गोप्य टोली खटाई व सुराकीहरु को आधारमा अवैध कारोबारमा ब्रेक लगाउन प्रयास समेत गरिरहेको बेला फाल्गुन १२ गते बुधवार राति कृष्णानगरको झण्डानगर भन्ने ठाउँबाट अवैध तरिकाले नेपालतिर ठूलों मात्रा ल्याउदै गरेको भारतीय कपड़ा बरामद गरेको छ।
भन्सार कार्यलयको टोली देखेंपछि तस्करहरु कपड़ा छोडेर भागे तर ति मध्येका एक जना सरफराज अहमद भन्ने तस्करले टोली सँग हातपात गर्न प्रयास समेत गर्न खोजेपछि भन्सार कार्यलय बाट खटेका टोली ले बरामद गरेको कपड़ा सहित तस्कर सरफराज अहमद लाई आफ्नो नियन्त्रणमा लिएका कुरा कृष्णनगर भन्सार कार्यलय प्रमुख जनार्दन पौडेलले बताएका छन।

बुधवार देखि आफ्नो नियन्त्रणमा राखेर कपड़ा र तस्कार को बारेमा अनुसन्धान गरिसकेपछि शुक्रवारका दिन तस्कर सरफराज अहमदलाई धरौटीमा छोडेका छन। भन्सार प्रमुख को अनुसार बरामद गरेको अवैध कपड़ा को मूल्य ५ लाख १७ हजार ५ सय रुपया रहेको छ। सो कपडा को मूल्य बराबर धरौटी राखेपछि तस्कर सरफराजलाई छोडेको भन्सार प्रमुख पौडेलले बताएका छन । कपिलवस्तु को कृष्णनगर पुरानो र नेपाल को चर्चित बजार रहेको छ ।कृष्णनगर बजार भारतको ठूलो बजार बढ़नी सँगै सटेको बजार हो।
नेपाल भित्रका कपड़ा व्यापारीहरु भारतको ठूलठूला बजारहरु बाट कपड़ा खरि द गरि बढ़नी बजारसम्म ल्याउँछन र ती कपड़ाहरु नेपालमा भित्राउनको लागि नेपाल मा रहेका केह व्यापारीहरुले आफ्नो फर्मको नाममा भन्सार गराई नेपालका व्यापारीहरुको कपड़ा पसलसम्म पुर्याउने काम गर्दछन भने कहिले काहीँ आफ्नो फर्ममा भन्सार गराउने वाला व्यापारीहरुले कम मुल्यमा भन्सार गराउँछन र केही कपड़ा अवैध तरिकाले नेपाल मा ल्याई भन्सार भएको कपड़ामा मिसाएर नेपाल भित्र पठाउने काम गरिरहेको कुरा श्रोतले जनाएको छ।

