
उत्तम कुमार थापा , बझाङ
सुदुरपश्चिम प्रदेशका प्रहरी प्रमुख तथा डिअाईजी सुवेदी बझाङ पुग्नुभएकाे छ ।
जिल्लाकाे शान्तिसुरक्षा अव्वल सँगै पछिल्लो समय विभिन्न समाजमा बिकृति विसँङ्गति बढ्दै गएको समय मा डिअाईजी उत्तमराज सुवेदी बझाङ जिल्लामा पुगेर सत्यवादी माध्यमिक विद्यालयका विद्यार्थीहरु सँग अन्तरक्रिया कार्यक्रम गर्नुभएको हाे ।
अाज समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत बिद्यालय सम्पर्क कार्यक्रम लाई सम्मान गर्दै मानवत वादी राजा जयपृथ्वी बहादुर सिह काे जन्मथलो पुगेका सुवेदीले भने,अहिले देशमा हत्या हिँशा वलत्कार वढीरहेकाे छ । समाज भड्किलो बन्दै गएको बताउदै, कञ्चनपुरकि निर्मला पन्त र बैतडीकि भागरथी भट्टकाे जस्तै बझाङकि सम्झना विक लगाएत अमृत सिह जस्ता धेरै लाई काेड गर्दै डिअाईजी सुवेदीले आफै विभिन्न दुरदराजका बस्तीमा पुगेर यस्ता अनैतिक कृयाकलाप राेक्नका लागि विद्यार्थी शिक्षक लगाएत जनसमुदायहरुलाई सचेत गर्नकाे लागि जनचेतनामूलक कार्यक्रम गर्दै आफैले सचेतना जगाउने कार्यक्रममा लागिरहेकाे बझाङ जिल्ला प्रहरी प्रमुख डिएसपी रुपक खड्काले बताए ।

आज सत्यवादी माध्यमिक विद्यालयमा विद्यार्थी सँग जनचेतनामूलक कार्यक्रम गर्दै समाजमा भएको घटना हरु बाट बच्न अनुराेध गर्दै,अहिले अाफ्नै नजिकैको साथि वा व्याक्ति बाट यस्ता खाले नकारात्मक घटना घट्नेगरेकाे हुदा विद्यार्थीहरुले सचेत बनेर सबै समुदायमा जनचेतना जगाउन उहाले अाग्रह गरेका हुन । सुदुरपश्चिम प्रदेश प्रमुख सुवेदी , बैतडीमा घटेको घटनामा आफै स्थलगत अनुसन्धान गर्दै प्रहरीकाे नाम उच्च राख्न सफल भएको छन । डिअाजी सुवेदीले भने, यदि कसैले तपाईंलाई नराम्रो दृष्टिकोणले हेर्छ , कसैले नकारात्मक लक्षण देखाउदै धम्की दिनेकाम गर्ने पाईएकाे छ भने तुरुन्तै हाम्रो फ्रि लाईन १०० मा कलगरेर जानकारी गराउदै सुरक्षित रहन अनुराेध गर्नुभएको थियाे । डिआईजी सुवेदिले भने , अहिले समाजिक सञ्जालले सबै भन्दा नकारात्मक कृयाकलाप बढाएको दावि गरे उनले भने माेवाईल अनावश्यक नचलाउन अनुराेध गर्दै अनजान मान्छे सँग साथि नबनाउन दावी गरेका थिए ।
याे सँग अभिभावकले पनि अाफ्नाे बालबालिकाकाे अानिवानी र विद्यार्थीकाे राम्रोसँग हेरचाह गर्न र सचत बनेर बस्न अनुराेध गर्दै सधैं प्रहरी मेराे साथि ,मुस्कान सहितको प्रहरी सदैव तपाईंको साथमा रहेकाे बताए ।


