
नबिन यादब , सप्तरी
राजविराज स्थित छिन्नमस्ता एजुकेसनल एकेडेमीको प्राङ्गणमा आज बक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ। दहेज मुक्त मिथिला नेपालको १०औं स्थापना दिवसको उपलक्ष्यमा दमुमीको संस्थापक अध्यक्ष करुणा झाले आयोजना गरिएको हो ।
” दहेज प्रथाको अन्त ” राखिएको शिर्षकमा सम्पन्न भएको प्रतियोगिताका सहभागी प्रतियोगीहरु मध्ये शैफ अलि खान प्रथम , प्रियंका यादव दोस्रो र विद्या यादव तेस्रो भएका थिए भने सान्त्वना पुरस्कार प्रीया यादवले हात पारिन् ।प्रतियोगितामा १७ जना प्रतियोगीहरु सहभागी भएका थिए ।

डा. श्वेता झा को अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि अरुण यादव रहेको थियो। यसैगरी प्रतियोगिताका निर्णायक समितिमा संस्थाको तिलाठी कोइलाडी गाउँपालिका शाखा अध्यक्ष बबलु कुमार मिश्र, सचिव सुनिल कुमार मिश्र र कोषाध्यक्ष निराजन सिंह तथा छिन्नमस्ता कलेज प्रशासन प्रमुख लक्ष्मण प्रसाद न्योपानै रहेका थिए ।



