राजविराजका आइएमइको संचालक सुनिल सिंधि र भाई संजय सिन्धी करोडौं रकम लिएर सम्पर्कबिहीन

0
Quantam abroad studies

राजबिराज
विदेशमा आफन्तले कमाएर पठाएको विभिन्न व्यक्तिको करोडो रुपैया लिएर राजविराजका चर्चित व्यपारि, जग्गा कारोबारी तथा एक र्फमका संचालक दाजुभाई तीन दिन देखी करोडो रकम लिएर सम्र्पक विहिन भए पछि यहाँ खैलाबैला मच्चिएको छ ।

राजविराज ७ स्थित गजेन्द्र चौकमा कपडा पसल र छेउमे आइएमइको शाखा समेत खोलेर कारोबार संचालन गर्दै आएका सुनिल सिंधि र उनका भाई संजय सिन्धी तीनदिन देखी करोडौं रकम लिएर सम्पर्क बिहीन भएपछि खैलाबैला मच्चिएको हो । आफ्नो नाममा भएको सबै सम्पत्ति गोप्य ढंगले बिक्रि गरिसकेका सिन्धी दाजुभाई ठूलो रकम हिनामिना गरि फरार भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । विदेशबाट पठाएको पैसा आफन्तले लिन जाँदा तिन दिन अघि कतिपयसँग भुक्तानी लिएको रसिदमा सही छाप गराएर पनि कहिले कम्प्युटर खराब भो, त कहिले नेट बिक्रेको छ भन्दै भुक्तानी नदिएर भोलीपर्सी आउनु भनी फर्काइदिने गरेकोमा अहिले फरार भएपछि आफूहरु बिचल्लीमा परेको पीडितहरुले बताए ।

पीडित मध्येका विष्णुपुर गाउँपालिका ७ का बिन्देश्वर मण्डलले मलेशियाबाट छोरा प्रमोदले २ लाख १८ हजार रुँपैया पठाएको सुनाए । उनले भने, पैसा भुक्तानी लिन आउँदा कागजमा पहिले नै सही गराएपनि दुई दिनपछि आउन भन्दै भुक्तानी दिएनन्, फेरी बुधबार बोलाए, उनले थपे तर, बुधबार आउँदा दाजुभाई नै फरार भइसकेको थाहा पाएपछि हामी निकै समस्यामा परेका छौं ।

sahani furniture udyog

त्यस्तै गुनासो पोखिन डाक्नेश्वरी नगरपालिका २ की लालो खतुनले पनि । बहिनीको विहाका लागि छोराले कतारबाट आफ्नो नाममा पठाएको ९ लाख रुँपैया एक साता अघि नै भुक्तानी लिन आएकोमा, विहेको बेलामा लैजानु होला पैसा यही सुरक्षित रहन्छ भन्दै आइएमकीका संचालक सिन्धी दाजुभाईले भनेपछि निज कहा नै छाडेको पैसा सात दिनपछि बुधबार लिन आउँदा अफिस नै बन्द गरि फरार रहेको देख्दा आफ्नो होसहवासै उडेको उनले रुदै सुनाईन् ।

यस्तै महदेवा गाउँपालिका २ का बिनोद मण्डल, श्यामादेवी मण्डल, बिष्णुपुर गाउँपालिकाका रामप्रित यादव, राजगढ गाउँपालिकाका दिनेश मण्डल, राजविराज ७ का श्रवण दास, डाक्नेश्वर नगरपालिका ५ का महेश महतो, सत्रुहन मण्डल लगायतका गरि २ करोड भन्दा बढी रकम भुक्तानी नपाएको भन्दै बुधबार प्रहरीमा उजुरी दिएका छन् । यस्तै भुक्तानी लिन बाँकी रहेकाहरु ठूलो संख्यामा आउने क्रम जारि नै रहेकाले ५० करोड भन्दा बढी रकम घोटला भएको अनुमान गरिएको छ । जग्गा कारोबारी समेत रहेका आइएमी संचालक दुबै दाजुभाईले प्रयोग गर्ने मोबाइल नं. ९८०१५०००११ र ९८१५७१४५३५ लगातार स्विच अफ रहनु तथा फरार भएपछि अहिले उजुरी दिन जिल्ला प्रहरी कार्यालय सप्तरीमा पीडितहरुको ओइरो लागेको छ ।

डिएसपी भुवनेश्वर साहले पीडितहरु सबैको जाहेरी लिने कामसँगै यस बारे आवश्यक अनुसन्धान पनि सुरु गरिएको बताए । पीडितहरुलाई न्याय दिलाउन प्रहरीले आफ्नो साधनश्रोतले भ्याएसम्म सबै प्रबिधीको प्रयोग गर्छ, डिएसपी साहले भने, दोषि पत्ता लगाई कानुनी शिकंजामा ल्याउन कुनै कसर बाँकी राखिदैन् ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.