
कपिलवस्तु , फाल्गुन २०
बिजनगर गाउँपालिका मा ब्यवसायिक रूपमा पशुपालन सुरु गरेका किसानहरुलाई पशुधनको बिमा गराई आकस्मिक हुने घटना तथा विभिन्न रोगका कारण हुने क्षतिपूर्तिका लागि अनिवार्य रूपमा बिमा गराउन गापालिका अध्यक्ष गोपाल बहादुर थापाले आग्रह गरेका छन ।
पशु सेवा शाखाको आयोजना र गाउपालिकाको सहयोगमा अगुवा कृषकहरुको लागि २ दिने पशु बीमा तालीम समापन कार्यक्रममा बोल्ने क्रममा गाउँपालिकाले समेत बिमा शुल्कमा अनुदान दिने हुँदा एकदम कम मुल्य तिरेर पशुधन सुरक्षित गर्न बिमा अनिवार्य रहेको बताएका छन।किसानले व्यवसायिक उत्पादनका लागि पालेका पशु चौपाया मरेमा वा अन्य समस्या भएमा अनुदान मार्फत क्षतिपूर्ति पाउने व्यवस्था भएकाले यो पशु विमा सम्बन्धि जानकारी गराउन सो पशु बिमा तालिम सम्पन्न भएको बताईएको छ । बिजयनगर गाउँपालिका पशु सेवा शाखा को अयोजनामा भएको अभिमुखीकरण कार्यक्रममा कृषक अगुवाहरुले सहभागीता जनाएको पशु सेवा शाखाका प्रमुख रामसेवक त्रिपाठी बताउनु भयो ।

सो तालीममा पशु बिकास अधिकृत धानेश्वर खनाल बिमाको महत्त्व , बिमा हुने पशुको योग्यता , ब्यवस्था र अवस्थाको बारेमा सहजीकरण गर्नुभएको थियो भने पशु बिमाको प्रक्रिया तथा मृत्यु दाबी गर्ने सर्त र प्रक्रिया बारे एन. एल जी. इन्स्योरेन्स कम्पनीका अभिकर्ता निरहु यादवले सहजीकरण गरेका थिए।


