

राज कुमार चमार, फागुन २०, कपिलवस्तु ।
स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने मुल नाराका साथ कपिलवस्तुको शुद्धोधन गाउपालिकामा तेस्रो राष्ट्रपति रनिङ्शिल्ड प्रतियोगिता सुरु भएको छ । शुद्धोधन गा.पा.वडा नं. २ बरगदवामा रहेको खेल मैदानमा खेल प्रतियोगिता को आज उद्घाटन गरिएको हो ।
उक्त कार्यक्रममा को उद्घाटन गाउपालिकाका अध्यक्ष निसार अहमद खाँ ले गरेका छन् भने खेलकुदको माध्यम बाट विद्यार्थीहरूको चौतर्फी विकास हुने हुँदा गाउपालिकाका यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताएका छन् ।

तीन दिन सम्म चल्ने खेलमा भलिबल,कबड्डी एथलेटिक्स लगायता खेल हुने छन् । खेला उत्कृष्ट खेलाडी र विद्यालयलाई पुरस्कार प्रमाणपत्र र मेडल प्रदान गरिने प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद ज्ञवालीले बताएका छन् ।
उद्घाटन समारोहमा शुद्धोधन गा.पा.वडा नं. २ का वडाअध्यक्ष मनोज कुमार यादव , वडा नं. ३ का वडा अध्यक्ष महिवुद्धिन मुसलमान , वडा नं.६ का वडाअध्यक्ष विजय बहादुर यादव र गाउपालिकाका लेखा अधिकृत ऋषिदेव अर्याल, शिक्षा अधिकृत धनी प्रसाद शर्मा, प्रशासन प्रमुख ईश्वरी प्रसाद न्यौपाने, जनकल्याण युवा क्लबका टिम लगायत सहभागिता रहेको थियो।
प्रतियोगिताको प्राविधिक व्यवस्था जिल्ला खेलकुद विकास समितिले गरेको छ । गाउँपालिका क्षेत्रका आठ विद्यालयहरू सहभागी भएका छन् ।
