नेतृ रन्जु झाको पहलमा किसानलाई सिचाइ गर्न डिपबोरिङ योजनाको प्रारम्भिक सर्वेक्षण सम्पन्न

0
Quantam abroad studies

सप्तरी , फाल्गुन २०,
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओलि समुहका नेत्री रन्जु झा ठाकुरको पहलमा संघीय सरकारको कृषि सिचाइ डिपबोरिङ योजना अन्तर्गत दुइटा गाउँपालिकामा डिपबोरिङको प्रारम्भिक सर्वेक्षण सम्पन्न भएका छ्न।

महादेवा गाउँपालिका वडा न.१ पकरी र छिन्नमस्ता गाउँपालिका वडा न.४ लालापट्टीका किसानहरुलाई कृषि सिचाइमा सहजता ल्याउने उदेश्यले आज डिपबोरिङ योजनाको कृषि यान्त्रिकिकरण प्रबर्द्धन केन्द्र नक्टाझिज्मा धनुषाको टोलिले प्रारम्भिक सर्वेक्षण गरेका हुन।

sahani furniture udyog

संघीय सरकारको ९७ प्रतिशत र उपभोक्ताको ३ प्रतिशत लागतमा तथा १० धुर जग्गामा निर्माण हुनलागेको डिपबोरिङले न्युनतम ६० बिघा खेतीयोग्य जग्गामा सिचाइ हुनेछ्न। करिब ९० लाख भन्दा बढी लागत डिजाइन मा निर्माण हुनेभएको छ । जसमा बोरिङ, थ्री फेज विद्युत,पम्प हाउस,सम्सियल पम्प र भुमिगत नाला निर्माण गर्ने लक्ष्य रहेको छ। छिन्नमस्ता गापा वड न.४ लालापट्टीमा निर्माण हुने सो बोरिङका लागि आवश्यक जग्गा धन्नजय यादव र महादेवा गापा .१ पकरीमा देव नारायण यादवले उपलब्ध गराउने भएका छ्न।

सर्वेक्षण गर्न केन्द्रका कार्यालय प्रमुख सहितको इन्जिनियर टोलि लगायत महादेवा गापा प्रमुख दिपक कुमार यादव , वड न.१ का अध्यक्ष जयश्वर किशोर दास , किसान महासंघको महादेवा गापा संयोजक देवनारायण यादव,अखिल नेपाल किसान महासंघको केन्द्रिय सदस्य राजाराम यादव,राष्ट्रिय उद्योग वाणिज्य संघको केन्द्रिय सदस्य पंचदेव खङ्ग,जय नारायण यादव लगायत स्थानीयहरुको उपस्तिथि रहेको थियो।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.