तिलाठी कोइलाडी:बिद्यालय व्यवस्थापन समिति निर्माण गर्न पालिकाको कार्यबिधी बाधक

0
Quantam abroad studies

पिन्टु कुमार यादव/नवीन कुमार यादव ,राजविराज

सामुदायिक बिद्यालयलाई व्यवस्थापन गर्न अभिभावक मध्येबाट बिद्यालय व्यवस्थापन समिति गठन गर्ने व्यवस्था रहेका छ्न। जसले बिद्यालय व्यवस्थापनमा महत्त्वपूर्ण भुमिका खेल्छन् ।जिल्लाको तिलाठी कोइलाडी गाउँपालिकाको कुनैपनी बिद्यालयमा हालसम्म वि.व.समिती गठन हुनसकेका छैन।

sahani furniture udyog

स्थानीय सरकारको मताहतमा सामुदायिक बिद्यालयलाई राखिएपछि गाउँ कार्यपालिकाले व्यवस्थापन समिति निर्माणका लागि आफै कार्याबिधी बनाएका छ्न।जसमा प्रधानाध्यापक तथा अभिभावकको भुमिका नरहेनेगरी कार्यबिधी बनाएको सामुदायिक बिद्यालयका प्रधानाध्यापकहरुले गुनासो पोख्नु परेको छ।सो पालिकाले बनाएको कार्यबिधीमा प्रअ तथा अभिभावकको भुमिका मात्र हैन संघीय सरकारको कानुनले समेत अबैधानिक हुने जिकिर लौनिया तिलाठी स्थित श्री पब्लिक माध्यमिक बिद्यालयको प्रधानाध्यापक प्रभास कुमार झाले बताउनु भयो।

सो गाउँकार्यपालिकाले बनाएको उक्त कार्यबिधिमा अभिभावक मध्येबाट दुइजनाको मनोनीत गर्ने व्यवस्था रहेकोले यो अबैधानिक हुने बताउनुभएको हो।यो कार्यबिधी अनुरुप कार्यपालिकाले मनोमानी र एकलौटी ढङ्गले समिति निर्माण हुने देखिएकोले व्यापक अभिभावक र प्रधानाध्यापकको भुमिकाविहिन रहेका छ्न।यश कार्यबिधी अनुसार समिती गठन भयो भने अभिभावकपक्षबाट मुद्दा पर्न सक्ने भएकाले समिति अमान्य हुन जान्छन् भनेर बताउनुभयो ।

दुई साल देखि बिद्यालय व्यवस्थापन समिति गठन हुन नसकिरहेको सो पालिकाका सामुदायिक बिद्यालय अव्यवस्थित हुन पुगेको प्रअ झाले बताउनुभयो ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.