
उत्तम कुमार थापा , बझाङ नेपाल कम्युनिस्ट पार्टी नेकपा माओवादीले बझाङमा कार्यालय मा बाेर्ड राखेको छ । आज एक कार्यक्रमका विच सबै जिल्ला का नेता कार्यक्रताहरुकाे उपस्थितिमा नेकपा फुटेपछि आफ्नाे कार्यालयमा माओवादीकाे बाेर्ड राखेको अध्यक्ष मीन बहादुर कुवरले बताए ।

पार्टी कार्यालयमा बाेर्ड राखिनु पुर्व एमालेका नेता र माओवादी का नेता विच एमाले पार्टी कार्यालय बझाङमा भेटवार्ता भएको हाे।नेताहरुकाे आपसी भेटघाटले आफ्नो आत्मियता र सहकार्य र सहअस्तित्व राख्दै अगाडि बढ्ने अध्यक्ष कुवरकाे भनाइ थियाे । सँगै एमाले अध्यक्ष दिल बहादुर सिहले भने अहिले कसैलाई राम्रो नभएको र अदालतले सबैलाई निरासा बनाई आ आफ्नाे पुर्वकाे पाटीमा बस्न आदेश गरेपछि बाध्यताले छुट्नु परेकाे दावि गरेका हुन ।
नेता सिह ले आपसी माया र सदभाव सदैव रहने अझै एकता हुन पहल गर्ने बताए । नेता विचकाे भेटघाट पछि माओवादी पाटीकार्यालय बझाङमा बाेर्ड राखिएको थियाे ।

