स्विजरलैंडले लगाएको प्रतिबन्ध निन्दनीय

0
Quantam abroad studies

शाहिदा बानों/ बांके
दैनिक विश्वभरी नै बलात्कार, यौनजन्यहिंसा,अपहरण र हत्या जस्ता अपराध बढ्दैछन् । यस्ता जघन्य अपराध बढ्नुको मुख्य कारण हो स्वतन्त्रताको नाममा बढ्दो छाडापन, सेल्फडिपेन्ड बच्चा बनाउने रहर र सपनामा अपराधीकरणलाई बढावा दिदैं लापरबाह अभिभावक ।

आज जसलाई हेर्यो महिलावादी बनेको छ महिलाका अधिकार का कुरा गर्छ तर वास्तवमा हेर्ने हो भने तिनीहरु महिलावादी नभइ मात्र परियोजनावादीहरु हुन् । जसले महिला अधिकारका नाममा पैसा कमाउने देश विदेश घुम्ने र आफ्ना बच्चालाई विदेशमा पढाउने बाहेक केही गरेका हुदैंन् । अब धेरैले ममाथि रिस पोख्ने होलान् कि यो आफै महिला अधिकारकर्मी भएर पनि यस्तो भन्दैछिन् । हो म महिला अधिकारकर्मी भएकै कारण यस्तो भन्नु परेको छ किन भने यदि खोज्नु भयो भने तपाईले त्यस्ता धेरै महिलावादी संघ संस्थाहरु भेटाउनु हुनेछ । जो महिलाका नाममा खुलेछन् तर एक महिला यदि बिरामी पर्दा उपचार गराउन सहयोग माग्न जान्छिन् भने त्यही महिलाका नाममा खोलिएका संस्थाहरु को जवाफ हुन्छ हामीसंग त यो शीर्षकमा बजेट नै हुदैंन् फलाना फलाना लाई गएर भेट उसले मद्दत गर्छ होला ।

sahani furniture udyog

कुनै महिला आफ्नो जवान छोरी दाईजोको कारण घरमै बुढी हुन नपरोस् भनी उसको विवाह गर्न केही आर्थिक सहयोग माग्न जान्दा तिनै महिलाका नाममा खोलिएका संस्थाहरुले दाईजोप्रथा विरुद्घ सोह्र थरीका कानून सिकाएर दाईजो दिनु अपराध हो भनी पठाइदिन्छन् । छोरी पढाइमा राम्री छिन् उनले राम्रो शिक्षा पाए केही बन्न सक्छिन् तसर्थ उनलाई राम्रो शिक्षा दिलाउन उसको भर्ना कुनै बोर्डिंग स्कुलमा गराईदिनुस् भनी महिला शिक्षाकै क्षेत्रमा विशेष योगदान पुर्याउने संघसंस्थाको जवाफ थाहा छ के हुन्छ ? भनिन्छ जति औकात छ त्यति गर धेरै ठुलो सपना नहेर पढाइमा राम्रो छिन् भने गएर कुनै सरकारी स्कुलमा भर्ना गराइ देऊ उनी त्यसै पास भइहिल्छिन् । जवाब सबले दिन्छन् तर सहयोग कसैले दिदैन् । अझ् महिला शसक्तीकरण का नाममा महिलाहरुलाई आधा जानकारी दिएर उनको घरमा कलह सृजना गर्ने काम गरिरहेछन् । महिलाका अधिकारका कुरा मात्र सिकाउंछन् महिलाका कर्तव्यका कुरै सिकाउदैंन्न् । जबकि एउटा घर तब मात्र स्वर्ग हुन सक्छ जब घरमा बस्ने महिला र पुरुष दुबैले आफ्नो अधिकारका साथ आफ्ना कर्तव्यको पुर्ण रुपले पालना गर्छन् ती महिला सासु ,बुहारी,पत्नी, नन्द ,भाउजू , आमा, छोरी र पुरुष ससुरा, ज्वाई, बुवा, छोरा, देवर आदि जो कोही होस् ।

अब महिला स्वतंत्रताका कुरा गरौं भने विश्वका विकसित देशमा महिलाहरु अर्धनग्न भइ हिड्दा आंखा सेक्ने स्वतंत्रता प्रेमीहरु लाई कुनै मतलब हुदैंन्। त्यही नग्नताका कारण बढ्दो बलात्कार र अपराध पनि तिनका आंखाले देख्दैन् । तर जब कुनै मुस्लिम महिलाले आफ्नो धर्मको पालना गर्दै आफ्नो रक्षाका लागि शरीर ढाक्न हिजाब वा बुर्का लगाउछिन् । तब विश्वकै आंखाले देख्छ । अनि मुस्लिम महिलालाई शरीर ढाक्ने सुरक्षित पहिरन लगाएको देखेर सहन कहां सक्छन् । जब सहन सक्दैन्न् तब स्वीजरलैंड जस्तै वाहियात कदम चाल्छन् र प्रतिबन्ध लगाउने जस्तो मुर्खतापूर्ण कार्य गर्छन् ।

इस्लामको हरेकनियम मानव हितका लागि ध्यानगरी बनाइएको हो। त्यस कारण यसमा कुनै फेर बदल हुदैंन्।यदि कसैले यसको विरुद्घ बोल्छ वा इस्लामको नीति र कानून माथि प्रतिबन्ध लगाउने वा फेरबदल गर्ने दुष्साहस गर्छ भने त्यसको मुस्लिम समुदायले खुलेर विरोध गर्छ । स्मरण रहोस् संयुक्त राष्ट्र संघको बडापत्र अनुसार सबैलाई आफ्नो धर्म मान्न र उनीहरुको धर्मले भने अनुसारका कार्य गर्न पाउने पुर्ण अधिकार दिइएको छ । यस कारण हिजाब लगाउन पाउनु मुस्लिम समुदायको अन्तरराष्ट्रीय स्तरमा प्राप्त धार्मिक अधिकार हो। स्वीजरलैंडले हिजाबमाथि लगाएको प्रतिबंध एकदमै निन्दनीय छ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.