
शाहिदा बानों/बांके
मैले मेरो विचार राख्नु पुर्व नै यहांहरुलाई विनम्र अनुरोध यो गरें कि कृपया मेरो व्यक्तिगत विचारलाई मुस्लिम समुदाय र विशेष गरी युव तप्काले अन्यथा नलिईकन पढ्नुहोला ।
अहिले सम्म जति पनि राजनीतिक दलहरु छन् त्यसका प्रमुख को को र किन छन् कहिले विचार गर्नुभयो ?
यदि विचार गर्नु भएन् भने आज बाट यस बारे विचार गर्न सुरु गर्नुहोला। अहिले सम्म जति पार्टी प्रमुख र ठूलाठुला मन्त्रीपदमा रहनेहरु मध्येका कतिका छोरा छोरीहरु नेपालका विश्व विद्यालयहरुमा पढ्दैछन् यसको जवाफ खोज्नुहुन्छ भने बिरलै भेटिन्छन् । किनभने अधिकांशका छोराछोरीहरु विदेशका ठुलाठुला नाम चलेका विश्व विद्यालय हरुमा पढिरहेका भनी भेटाउनु हुनेछ । तिनीहरुको छोराछोरीहरु जब नेपालमा पढ्दैन्न् भने यहांका विद्यार्थी भातृ संगठनमा सदस्य हुने कुरा पनि आएन् ।

अनि उनीहरुले आफ्ना छोराछोरीहरुलाई गुणस्तरीय शिक्षा दिलाउन विदेश पठाएपछि सत्तामा आफुलाई जोगाइ राख्न विपक्ष संग डिभेट गर्न र उनको बचाऊ गर्नका साथै उनको लागि टायर बाल्ने ,ढुंगामुढा गर्न, चक्काजाम गर्ने , कार्यालय घेराउ गर्ने केही त चाहियो जो जोशिला र जांगरिला होस्।हो त्यसका लागि उनीहरुले युवा जमातलाई स्वयू, अनेरास्वयू , सस्वयूमा उल्झाइ दिए । जसले सडक देखि उनीहरुको पक्षमा वकालत गर्दागर्दै आम जनतालाई दुख र समस्या पुर्याएको कुरा पनि पत्तो हुदैंन् । कुनै पार्टी प्रमुखको वा ठुला नेताको छोराछोरी जनान्दोलन शहीदको हुदैंन्न् , आन्दोलनमा मर्ने पनि यिनै मध्येका हुन्छन् ।
अनि मुस्लिम समुदायलाई मुस्लिम संघ, इत्तेहाद जस्ता संगठनमा बल्झाइदिए । मुस्लिम हरु पनि त्यसैलाई सर्वस्व ठानेर त्यसकै पदका लागि मरिहत्ते गरी एक अर्कालाई पछार्न तछाडमछाड गर्नै व्यस्त भए ।
युवा जमात र मुस्लिम समुदायले अब यिनीहरुको राज र नीति अर्थात राज (शासन) गर्ने नीति बुझ्नु पर्ने आवश्यक छ ।
नोटः मेरो विचारको अर्थ यो कदापि होईन् कि तपाई भातृसंगठनमा आबद्ध नहुनुहोस् , आबद्ध हुनुहोस् तर आफ्नो अस्तित्व , आफ्नो समुदाय र जमातको हकहितलाई मध्येनजर गरी त्यसको संरक्षण संवर्धन गर्ने आशयले नाकिआफ्नो दलका नेताहरुको संरक्षण र ढाकछोप गर्न ।

