अल हुदा पब्लिक स्कूल नगर प्रमुख शाह द्वारा उद्धाटन

0
Quantam abroad studies

शाहबाज़ खान , कृष्णनगर, कपिलवस्तु, चैत्र १२

कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं २ मा रहेको अल हुदा पब्लिक स्कूल कृष्णनगर नगरपालिका नगर प्रमुख शाह द्वारा उद्धाटन गरिएको छ ।

एक कार्यक्रमका बिच उक्त स्कूलको उद्धाटन र सोही कार्यक्रममा AR कम्प्यूटर इन्स्टिट्यूटका विद्यार्थी लाई प्रमाण पत्र समेत वितरण गरियो ।

कार्यक्रमका प्रमुख अतिथि कृष्णनगर नगरपालिकाका प्रमुख रजत प्रताप शाह रहनुभयो भने अतिथिमा लुम्बिनी प्रदेश मदरसा बोर्ड उपाध्यक्ष मौलाना मशहुद खां नेपाली, जसपा लुम्बिनी प्रदेश प्रवक्ता अकरम पठान, कार्यपालिका सदस्य सुनिल मोदनवाल, वडा नं २ अध्यक्ष संजय कुमार गुप्ता, इलाका प्रहरी कार्यालय कृष्णनगर प्रमुख प्रहरी निरिक्षक सुकदेव पौडेल, बोर्डर आउट पोष्ट कृष्णनगर प्रमुख सशस्त्र प्रहरी निरिक्षक प्रकाश अचार्य लगायत अन्य रहनुभयो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि शाहले उपस्थित सबैलाई सम्बोधन गर्दै शिक्षा क्षेत्रमा सबै मिलेर सुधार ल्याउनु पर्ने र आफूले सबै समुदाय लाई शिक्षामा अगाडि ल्याउन हरेक सम्भव कोसिस गरिरहने समेत बताउनुभयो ।

sahani furniture udyog

लुम्बिनी प्रदेश मदरसा बोर्ड उपाध्यक्ष मौलाना मशहुद खां नेपालीले शिक्षा प्रत्येक व्यक्तिको आधारभूत आवस्यकता रहेको र शिक्षाले मात्र आज विश्व एउटा सिंगो गाउ जस्तै रहेको बताउदै अल्पसंख्यक मुस्लिम समुदायले शिक्षा हासिल गर्ने ठांउ मदरसा लाई समेत विशेष ध्यान दिन नगर प्रमुख शाह संग आग्रह गर्नुभयो ।

कार्यक्रममा वडा अध्यक्ष संजय कुमार गुप्ता, कार्यपालिका सदस्य सुनिल मोदनवाल, निखिल पाठक, नदिम इद्रिसी लगायत अन्यले समेत आ- आफ्नो मन्तव्य राख्नुभयो ।

अल हुदा पब्लिक स्कूलका अध्यक्ष मोहम्मद मुस्लिमले आफूहरू गुणस्तरीय शिक्षा दिन हरेक सम्भव कोसिस गरिने बताए ।

AR कम्प्यूटर इन्स्टिट्यूटका बीस जना विद्यार्थी लाई प्रमुख अतिथि तथा अतिथिहरू द्वारा प्रमाण पत्र वितरण गराइएको जानकारी AR कम्प्यूटर इन्स्टिट्यूटका प्रमुख अनिसुल रहमानले जानकारी दिए ।

उक्त कार्यक्रममा स्थानीय भद्र भलादमी, विद्यार्थी, समाजसेवी, पत्रकार लगायत अन्यको उपस्थित रहेको थियो ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.