वडा सचिव गिरीले २१ अाैँ जन्मउत्सवमा बालबालिका लाई न्यानो कपडा वितरण

0
Quantam abroad studies

उत्तम कुमार थापा , बझाङ
जिल्लाको साइपाल गाउँपालिका–५ की वडा सचिव सुम्निमा गिरी ले आफ्नो जन्मदिनको अवसरमा बालबालिकालाई न्यानो लुगा वितरण गरेकी छन्।जन्मदिनको अवसरमा फजुल खर्च गर्ने प्रचलन बढिरहेका बेला गिरी ले आफ्नो २१ औं जन्मदिनको अवसरमा आफ्नै वडाका सम्पूर्ण बालबालिका तथा गाउँपालिका भरीका दलित बालबालिकालाई न्यानो लुगा वितरण गरेकी हुन् ।

विद्यालयमा अध्ययनरत बाल विकास देखि कक्षा ५ सम्म अध्ययनरत १७० जना बालबालिकालाई आफ्नै खर्चमा न्यानो लुगा वितरण गरेको वडा सचिव गिरीले जानकारी दिएकी छन् । बाह्रै महिना चिसो हुने साइपाल गाउँपालिकामा चिसो बाट जोगिएर सहज वातावरणमा बाल सिकाईलाई प्रभावकारी बनाउन लुगा वितरण गरेको सचिव गिरीले बताइन् ।

sahani furniture udyog

‘सानो उमेरमा बढी हौसला पनि चाहिन्छ,’ गिरीले भनिन्, ‘कोहि बालबालिकाको परिवार सधैं कपडा किनिरहन पनि असक्षम छन्, भनेको बेला किन्न पाइँदैन, त्यसैले बालबालिकालाई न्यानो लुगा दिएकी हुँ ।’ पछिल्लो पुस्ताले रमाइलो गरेर जन्मदिन मनाउनुको साटो यस्ता क्रियाकलाप गर्ने हो भने सहयोग पनि पुग्ने उनले बताइन् । कर्मचारी ले यसरी जन्मदिन गाउँमै नयाँ तरिकाले जन्मदिन मनाउनु अरुका लागि सिक्न लायक बनेको स्थानीय तिलक विकले बताए ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.