
इसत्याक अहमद , रौतहट , बैशाख ८
जिल्लाकै पहिलो स्थानिय तह राजपुर नगरपालिका अन्तर्गत संचालित प्राथमिक स्वास्थ्य केन्द्रमा ARV खोप केन्द्र प्रमुख जिल्ला अधिकारी ईन्द्र देव यादव, राजपुर न.पा.का नगर प्रमुख मो. सकिल अख्तर, कार्यालय प्रमुख बैजु ठाकुर र जिल्ला जनस्वास्थ्य कार्यालयका कार्यालय प्रमुख समेतले उदघाटन गर्नुभएका छ्न ।

नगर प्रमुख मो. सकिल अख्तर र कार्यालय प्रमुख बैजु ठाकुर लगायत स्वास्थ्य तर्फका कर्मचारिहरुको बिशेष पहलमा प्राथमिक स्वास्थ्य केन्द्र , राजपुर फरहदवामा ARV (कुकुर, स्याल टोकेको विरुद्ध) खोप उपलब्ध गराउनु भएकोमा जिल्ला प्रमुख अधिकारी इन्द्र देव यादवले बधाई तथा धन्यवाद ब्यक्त गरेका छन । अब त्यहाँका स्थानीय बासिन्दालाइ इ खोपका लागि टाढा धाउन नपर्ने भएको छ ।

