निस्दी गाउँपालिका पाल्पा द्वारा कोरोना भाइरस नियन्त्रण का लागि विभिन्न पहल सुरु ।

0
Quantam abroad studies

प्रिय धन , चैत्र २०
चोरमारा – निस्दि गाउँपालिका पाल्पाले विश्व व्यापि महामारीको रूप लिएकाे काेराेना भाईरस नियन्त्रणका लागि यहि चैत्र १ गतेबाट अभियान सुरू गरेकाे हाे ।सामुदायिक रेडियाेबाट काेराेना भाईरस covid19 सम्बन्धि सचेतना संगसंगै प्रचार प्रचारकाे कार्यलाई तिबरता दिएकाे छ ।चैत्र ५ गते देखि सराेकारवाला ब्यक्तिहरूसंग पालिकास्तरिय अभिमुखिकरण संगै  वडाहरूमा काेराेना भाईरसबाट बच्नका लागि अभियान चालेकाे गाउँपालिकाको  कार्यपालिकाकाे बैठक निणयले प्राथमिकता दिएकाे छ।

sahani furniture udyog

याे कठिन परिस्थितिमा खटिने स्वास्थ्यकर्मीहरू,नियमित खटिने कर्मचारी,सुरक्षाकर्मी, सवारीसाधन चालक हरूलाई भत्ता दिने र कोरोना भाइरस नियन्त्रण मा खटिने कर्मचारीलाई  अपातकालीन  मृत्युु भएमा रू १० लाख समेत दिने घाेषणा गरेकाे छ।गाउकाे सबै वडाहरूमा भारत तथा अन्य मुलुकबाट अाएका व्यक्तिहरूलाई ब्यवस्था गरिएकाे क्वारेन्टाइनमा समेत बस्न गाउँपालिकाले अाग्रह गरेकाे छ।स्थापना गरिएकाे पालिकामा निस्दि ५ बेलडाडामा हेल्थडेक्स समेत स्थापना गरिएकाे छ।

निस्दि गाउँपालिकाकाे प्रत्येक वडामा काेराेना भाईरस मध्यनजर गदै पिपिई सेवा संगसंगै हरेक दिन सबै वडाहरूमा जनप्रतिनिधि ,स्वास्थ्यकर्मीले चेकजाच गर्ने कामलाइ निरन्तरता दिएकाे गाउँपालिकाले जानकारि दिएकाे हाे।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.