वनमन्त्रीको बुद्धि छोटो कि नियत खोटो ?

0
Quantam abroad studies

काठमाडौं- अहिले सामाजिक संजालमा वन तथा वातावरणमन्त्री प्रेम आलेको चर्को आलोचना भैरहेको छ । हुनत पहिले पनि उनी अनेक काण्डमा विवादित बन्दै आएका छन् । मान्छेले रूखलाई अक्सिजन दिन्छन भन्दै ट्रोल बनेका आले अहिले भने अक्सिजन काण्डले नै चर्को विवादमा परेका छन् ।

सामाजिक संजालमा देखिएका र आलोचना भैरहेका फोटोहरूमा चीनले अनुदानमा दिएको अक्सिजनको सिलिन्डरमा वन तथा वातावरण मन्त्री प्रेम आलेले आफ्नो फोटो टाँसेर वितरण गरेको देखिन्छ । फोटो शेयर गर्नेहरूले आलेलाई चर्को आलोचना गर्दै सत्तोसराप गरेका छन् ।

सोमबार स्वास्थ्य सामाग्री लिएर अस्पताल पुगेका आलेले चीनले अनुदानमा दिएका अक्सिज सिलिण्डरमा आफ्नो फोटो टासेर मन्त्री डोटी अस्पताललाई वितरण गरेका हुन्। उनले सिलिन्डरदेखि औषधिका प्याकेटसम्म आफ्नो तस्विर टाँसेर तमासा देखाएका छन् ।

निला अक्सिजनका सिलिन्डर केहीदिन अघि चीन सरकारले नेपाललाई अनुदानमा दिएको सामाग्री हो। शक्तिको दुरुपयोग गरेर अनुदानमा आएका सिलिन्डरमा आफ्नो फोटो टाँसेर जनताको आँखामा छारो हाल्न खोज्दा मानवता नभएको सम्मको टिप्पणी उनले खेपेका छन् ।

sahani furniture udyog

स्रोतका अनुसार मन्त्री आलेले शक्तिको दुरुपयोग गरेर चीनले अनुदानमा दिएका सिलिन्डर वितरण गरेका हुन्। वैशाख २१ गते २० हजार अक्सिजनको खाली सिलिन्डर चीनबाट नेपाल आएको थियो । त्यसपछि विभिन्न मन्त्रीहरूको घरमा सिलिन्डर भेटिएको भिडियो सार्वजनिक भएको थियो ।

यद्धपी आलेको सचिवालयले भने उनले आफ्नै खर्चले किनेको दाबी गरेको छ। तर कतिपयले भने सामाजिक संजालमा यी वनमन्त्री हुन् कि जङ्गली मन्त्री भन्दै प्रश्न गरेका छन्। कहिले उनको नैतिकतामाथि पनि प्रश्न गरेका छन् ।

उपचार नपाएर जनता मरिरहेका बेला अनुदानको सिलिन्डरमा समेत मन्त्री आलेले आफ्नो तस्विर छापेर वितरण गर्नु यसैपनि मानवता भन्दा बाहिरको कुरा हो । कम्तिमा उनको सचिवालय देखि आसेपासेले महामारीको बेलामा यस्ता खालका मजाक नगर्न बुद्धि दिने हो भने उनी थप आलोचनाको शिकार हुनबाट जोगिने छन् ।

अनुदानका सिलिण्डरमा फोटो टाँस्ने वनमन्त्रीको बुद्धि छोटो कि नियत खोटो ?

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.