गैडहवामा पनि जनप्रतिनिधि कोरोना संक्रमितको घरमै पुग्दै

0
Quantam abroad studies

दिपक जैसवाल , रुपन्देही , जेठ १३
रुपन्देहीको गैडहवा गाउँपालिका जनप्रतिनिधि र कर्मचारी पनि घर घरमा गएर बिरामीको अबस्था र भेटघाट कार्य तीब्र पारेको छ । गैडहवा स्वास्थ्य शाखा प्रमुख बिष्णु प्रसाद उपाध्यले अहिलेको अबस्थामा गैडहवा गाउँपालिका भित्र ८७ जनालाई दोस्रो चरण कोरोना संक्रमित भएको र २ महिला र ४ पुरुषको कोभिड बाट मृत्यु भएको र अहिलेसम्म ४४ संक्रमितको होम आइसुलेसनमा घरमै उपचार भैरहेको उहाँले रेडियो कन्चनलाई जानकारी दिनु भयो ।

संक्रमित मध्य ३३ जनाले कोरोनालाई जितेर घरमै आराम गरिरहेको उहाँको भनाइ रहेको छ । यस्तै स्वास्थ्य शाखा प्रमुख बिष्णु उपाध्यको भनाइ अनुसार गैडहवा स्वास्थ्य शाखाले घरमै आयुर्वेदिक औसधि समेत जनतालाई उपलब्ध गराएको भन्दै जुनसुकै समस्याको लागि गैडहवा गाउँपालिका र स्वास्थ्य शाखा साथमा रहेको भन्दै जुनसुकै समय सम्पर्क गर्न समेत अनुरोध गर्नु भयो । उहाँले सुर्यपुरामा १० बेडको कोभिड हस्पिटल र डाक्टर समेत वयवस्था गरेकोले गैडहवा गाउँपालिकार स्वास्थ्य शाखा आवश्यक परे थप सेवा सुबिधा सहित बेड थपेर उपचार गर्ने उहाँको भनाइ रहेको छ ।

sahani furniture udyog

अहिलेको अबस्थामा अति आवश्यक बाहेक घर बाहिर ननिस्कन अनुरोध गर्दै सबैके घरमै बसेर कोभिड नियन्त्रण सयोग गर्न सबैलाई भन्दै यो समय सञ्चार माध्यमको महत्त्वपूर्ण भुमिका हुनेर रेडियो कन्चन आफ्नो भुमिका निभाएकोमा धन्यवाद दिदै जेठ १४ गते दिन शुक्रवार रुपन्देहीको गैडहवा गाउँपालिका वडा न ९ को शिबनगर अाधारभुत स्वास्थ्य सेवा केन्द्र भवनमा (दुर्गा मन्दिर नजिक ) बिहान ११.४५ बजेबाट कोभड एन्टिजेन टेस्ट ( COVID- ANTIGEN TEST) गरिने समेत उहाँले जानकारी दिनु भयो ।

कोभिड – १९ रोग संग मिल्दो जुल्दो लक्षण भएका शंकास्पद व्यक्तिहरुले वाड अध्यक्ष , सदस्य , टोल , संस्था संग सम्पर्क गरेर उपस्थिति हुन भन्दै एन्टिजेन टेस्ट (antigen test ) निशुल्क गरिने समेत रेडियो कन्चनलाई बताउनु भयो।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.