

कपिलवस्तु / शाहबाज खान
वर्षौदेखि कालोपत्रे हुन नसकेर अलपत्रमा रहेको राष्ट्रीय गौरव योजना अन्तर्गत पर्ने हुलाकी राजमार्ग हाल सरकारले ठेक्का आव्हानगरि राजपुर देखि दत्तापुर सड़क खण्ड निर्माणको जिम्मा लामा गोल्डेनंउड शिवशक्ति जेभीलाई दिएको छ र निर्माण कार्य समेत संचालनमा रहेको छ ।
निर्माण शुरु गरेको दिनदेखि नै कलभर्ट निर्माण कार्यमा गुणस्तरहीन ईंटाको प्रयोग गरि अनियमितता र निर्माण कार्यमा पनि ढिला सुस्ती गरेको आरोप भोग्दै आएको लामा गोल्डेनंउड शिवशक्ति जेभीले बर्षाको समयमा आम जनतालाई दुख दिने काममा कुनै कसर छोडेको छैन। सड़क बनाउदा आवश्यकता परेको ठाउमा कलभर्ट निर्माण कार्य गरिरहेको बेला सड़क पनि संचालन सवारी साधन आवत जावत गर्नाको लागि बनाइएको टेम्प्रेरी डाइवर्सन उचित तरिकाले नबनाइएको कारणले जनतालाई आवत जावत गर्नमा निकै समस्या भइरहेको छ। कलभर्ट निर्माण कार्य अधुरो र बनाइएको डाइवर्सनमा पानी भरेपछि सवारी साधनहरुको आवत जावत समेत पुर्णरूपमा बन्द भएको अवस्था रहेको छ । यस्तो अवस्थामा अपातकाल परेको बेला एम्बुलेंस, दमकल , सुरक्षाकर्मी लगायत निकायका सवारी साधन कसरी जनताको घर सम्मा पुग्छ भन्ने प्रश्न उठी रहेको छ।
अषाढ़ महिनामा निकै पानी पर्ने सम्भावना रहदैछ यदि केही कारणले ठेकेदार समयमा कलभर्टहरुको निमार्ण कार्य सम्पन्न गर्न सकेन भने बर्षामा सजिलै तरिकाले बाटो बन्द नहुने खालको डाइवर्सन आम जनताको लागि किन निर्माण गरेन ?

ठेकेदारको बदमाशीले आम जनताले भोगी रहेको समस्या बारे हुलाकी सड़क आयोजना कार्यलय गोरुसिङ्गेका साइट इन्जिनियर युवराज पाण्डेयबाट बुझ्दा पहिला पानी परेकोबेला बहादुरगंजदेखि पश्चिम रहेका एक डाइवर्सनमा पानी जमेका थिए हामी उक्त स्थानमा पुगी ह्युमपाइप लगाई पानी निकालेर समस्याको समाधान गरेका थियौ। ठुलो पानी परेर कहि कतै समस्या भएको छ भने हामी स्थलगत निरीक्षण गरि समस्याको समाधान गर्ने पाण्डेयले आश्वाशन र प्रतिबद्धता जनाएका छन।
उनको यो आश्वासन र प्रतिबद्धताले कत्तिको काम गर्ने हो हेर्न बाँकी छ ।


