

बझाङ
खेलकुद समिति बझाङ अध्यक्षमा पुष्पलाल राेकाया गुरु ज्वाला हुनुभएको छ । स्वास्थ्यका लागि खेलकुद , राष्ट्रका लागि खेलकुद भन्ने मुल नाराका साथ सुदुरपश्चिम प्रदेश खेलकुद परिषद द्वारा बझाङ जिल्ला खेलकुद समिति अध्यक्षमा मनाेनित हुनुभएका राेकायाले अाज पदभार ग्रहण गर्नुभएको हाे ।
अाज एक कार्यक्रमका विच जिल्ला खेलकुद कार्यालय व्यावस्थापन गरि पदग्रहण गर्नुभएको हाे । पदभारग्रहण गर्दै राेकायाले विभिन्न निर्णयहरुमा हस्ताक्षर गर्नुभएको छ । उनले खेलकुदकाे हाल सम्मकाे विवरण सहितको अभिलेख तयार पार्ने बझाङ जिल्लामा कृयाशिल रहेका खेलकुद सँघ सँस्था एवम् क्लबहरु,एक थान विधानकाे प्रतिलिपी सम्वन्धित निकायमा दर्ता गरेकाे प्रमाण पत्र जिल्ला सँघकाे हकमा राष्ट्रिय सँघबाट सम्बन्ध प्राप्तकाे प्रतिलिपी कार्यसमितिकाे नामावली सहित विवरण जम्मा खेलाडी सँख्या क्षेत्रीय राष्ट्रिय सार्क ,अाेलम्पिक वड्कप वर्डच्यनपेन्सिप लगाएतका अन्तर्राष्ट्रिय प्रतियाेगितामा भाग लिएका खेलाडीहरुकाे विवरण का साथै खेलाडीहरुले प्राप्त गर्न सफल पदककाे विवरण सहित प्रमाणपत्रकाे प्रतिलिपी जिल्ला खेलकुद समितिकाे कार्यालयमा श्रावण मशान्त भित्र पेश गर्नका लागि सम्वन्धित सबैलाई जानकारी गरिन्छ भन्ने पत्रमा हस्ताक्षर गर्नुभएको हाे ।

विगत लामाे समय देखि खेल क्षेत्र लाई नियालि राख्नुभएका ज्वालाले भने अागामी दिनमा तपाईं सबैको साथ सहयाेगकाे अपेक्षा गरेकाे छाै , तपाईंको सहयाेग विना म पानी विनाकाे माछा जस्तै हुने भन्दै फेरि पनि सबैलाई सहयाेग गर्न अनुराेध गर्नुभएको थियाे , । राेकायाले अब बझाङमा खेलमैदान देखि भवनकाे लागि पहल गर्ने र विभिन्न स्थानीय तह लगाएत सबै सँग हातेमालो गर्दै अगाडि बढ्ने दावी गर्नुभएको हाे ।
राेकायाकाे पदभारग्रहण कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समिति सदस्य खडक खड्का विशिष्ट अतिथि जयपृथ्वी नगरपालिका मेयर विरेन्द्र खड्का विशिष्ट अतिथि प्रमुख जिल्ला अधिकारी माेहन अधिकारी भलिबल खेल अध्यक्ष शिक्षाप्रेमि जाेशी किकेट सँघ अध्यक्ष प्रविन्द्र धामी नेकपा माअाेवादी नेता रामचन्द्र राेकाया रहनुभएकाे थियाे कार्यक्रम सञ्चालन एमालेका नेता सनु सिहले गर्नुभएको हाे ।
