सिडियाेद्वारा ४ काेठे भवन सहित सडक अनुगमन

0
Quantam abroad studies

उत्तमकुमार थापा, बझाङ
प्रमुख जिल्ला अधिकारीद्वारा जिल्लाका विभिन्न स्थानमा अनुगमन गरिएको छ ।

बझाङ जिल्लामा शिक्षा स्वास्थ्य खानेपानी सडक सहित विद्यालयका निर्माणाधीन कार्यहरुकाे तिव्र अनुगमन गरिएको हाे । सामाजिक विकास मन्त्रालय र सामाजिक विकास कार्यालय बझाङकाे साझेदारीमा निर्माण हुनै लागेका केदारस्यू गाउँपालीका वडा नम्बर २ अमृत अाधारभुत विद्यालय काेटी गाउँकाे २ काेठे भवनकाे अनुगमन गरिएको कार्यालय प्रमुख वीर बहादुर धामीले बताए । उनले भने पछिल्लो समय सामाजिक विकास कार्यालयले करिब ९० याेजना भन्दा बढी सम्पन्न भएको दावी गर्दै याे भवन २२ लाख लागतमा सम्पन्न भएको हाे । विद्यार्थीहरुलाई सहजताकै लागि विभिन्न स्थानमा भवन निर्माण भएकाे भन्दै सिडियाे माेहन अधिकारीले धन्यवाद दिनुभएको हाे ।

sahani furniture udyog

यसै विच अनुगमनको क्रममा प्रमुख जिल्ला अधिकारी सहित पत्रकार भाैतिक पुर्वाधार विकास कार्यालयका कर्मचारीहरुले सडककाे अनुगमन गर्नुभएको हाे ।

बाग्थला विजगडा कफलसेरी सडक निर्माण भाैतिक पुर्वाधार विकास मन्त्रालय र पुर्वाधार बिकास कार्यालयकाे समन्वयमा ८० कराेड लागत रहेकाेमा दुईवटा ठेक्का मिलाएर ४० कराेडामा सम्झौता भएको हाे । सम्झौता गर्दै काम अगाडि बढाएको के ए स कन्टक्सनले काम अगाडि बढाउदै २५% काम सम्पन्न गरिसकेको छ । सम्झौता भने २०७७/७/१६ सम्झौता भएर २०७९/३/२३ सम्पन्न गर्नुपर्ने जितेन्द्र सिह धामी साईट ईन्जिनियरले बताउनु भयाे उनले भने कटिङ गरिसकेपछि माटाे फाल्न समस्या ,,स्थानीयहरु बाट सहयाेग नभएको साईड ईन्चार्ज एकेन्द्र कुवरकाे भनाइ छ ।

अनुगमनमा प्रमुख जिल्ला अधिकारी माेहन अधिकारी,डिएसपी रुपक खड्का सामाजिक विकास कार्यालयका प्रमुख वीर बहादुर धामी पुर्वाधारका लेखापाल मेजर भुपेन्द्र गुरुङ लगाएत रहनुभएकाे थियाे ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.