

कपिलवस्तु
कर्तव्य ज्यान मुद्दामा फरार अभियुक्तलाइ असार १७ गते राती २१:३० बजेको समयमा पक्राउ गरिएको छ । कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नं १० बिद्यानगर बस्ने ५५ वार्षिय पारस पुरीलाई गोली हानी हत्या गरेको घटना सम्बन्धमा अनुसन्धान गर्दा मुख्य अभियुक्त पशुपती कुर्मी पक्राउ परेका हुन् ।

उनलाई कपिलवस्तुको महाराजगंज नगरपालिका वार्ड नं १० हर्दौना स्थित नेपाल भारत सिमान बाट पक्राउ गरिएको हो । अभियुक्त अन्तर्राष्ट्रिय सिमानाको ईलाकामा लुकीछिपी बस्ने गरेको गोप्य सूचनाको आधारमा प्रहरीले कुर्मीलाइ पक्राउ गरेको हो ।
कुर्मी बिगत तिन बर्ष देखी फरार रहेका थिए ।
