

कपिलवस्तु
मधेस मानव अधिकार गृह (माहुरी होम ) ले युके ऐडको आर्थिक सहयोगमा भिएसओ नेपाल सँगको साझेदारीमा समग्र लैङ्गिक उत्तरदायी र जवाफदेही न्यायमा पहुँच सुदृढीकरण (सहज ) परियोजनाद्धारा प्रदेश नं. ५ अन्तरगतका ७ वटा जिल्लाहरु ( कपिलवस्तु , रुपन्देही , नवलपरासी , दाङ , बाँके , प्युठान , र रोल्पा ) का २२ वटा पालिकाहरु र प्रदेश नं. ४ का ( नवलपुर ) जिल्लाका १ वटा पालिकामा हानिकारक सामाजिक तथा लैङ्गिक मान्यतामा रुपान्तरण र न्यायको पहुँचमा अभिवृद्धि गर्न विद्यालय केन्द्रित , परिवार केन्द्रित र समाजिक जवाफदेहिता केन्द्रित पद्धतिमा विभिन्न कृयाकलापहरु संचालन गर्दै आई रहेको व्यहोरा अवगत नै छ ।

यसै सन्दर्भमा कोभिड १९ ले सृजना गरेको असहज परिस्थितिमा लैङ्गिक हिंसाका प्रभावितहरुलाई सेवा प्रवाह गर्न कपिलवस्तु जिल्लामा कोरोना संक्रमणको संभावित तेस्रो लहरको तयारीको लागि मधेश मानव अधिकार गृह (माहुरीहोम) तथा VSO, सहज परियोजना र UK aid साझेदारीमा प्रहरी चौकी लबनी र प्रहरी चौकी हथिहवा दोहनीलाई स्वास्थ्य तथा सरसफाई सामाग्री हस्तान्तरण गर्नुभएका छन् ।
