न्यायाधीशलाई धन्यवाद र देउवालाई बधाई:- मशहुद खां नेपाली

0
Quantam abroad studies

शहबाज खान/कपिलवस्तु
सोमबार सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गर्दै काँग्रेस सभापति शेरबहादुर देउवालाई १८ घण्टाभित्र प्रधानमन्त्रीमा नियुक्त गर्न परामादेश गरेपछि नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) कृष्णानगर नगर कमिटी तथा राष्ट्रीय मदरसा संघ नेपालले फैसलाको स्वागत गर्दै कार्यकर्ताहरु ले एक अर्कालाई मिठाई खुवाउदै खुश्याली मनाएका छन।

राष्ट्रीय मदरसा संघ नेपालका महासचिव मौलाना मशहुद खां नेपाली ले सर्वोच्च अदालतले संविधान र व्यवस्थाको पक्षमा फैसला गरेको बताएका छन् । संविधान बचाउने, परिवर्तन जोगाउने जुन अभियान हामीले चलाएका थियौं । त्यो सफल भएको छ नेपालको सर्वोच्च अदालतले संविधान र व्यवस्थाको रक्षा गरेको बताउदै नेपालीले न्यायाधीशलाई धन्यवाद र देउवालाई बधाई दिएका छन् । म सम्पूर्ण न्यायमूर्तीहरुलाई पनि धन्यवाद दिन्छु ।

sahani furniture udyog

नेकपा कृष्णनगर नगरकमिटी अध्यक्ष जाबेद आलम राष्ट्रीय मदरसा संघ नेपालका राष्ट्रीय अध्यक्ष डाॅ अब्दुल गनी अलकुफी राष्ट्रीय मदरसा संघ नेपाल का उपाध्यक्ष शैख जैस मक्की, तुफेल अहमद खां उक्त खुश्यालीको मौकामा सहभागी रहेका थिए। उपस्थित सम्पूर्ण कमरेडहरुको स्वागत गर्दै ओली सरकारले चलेको कदम गलत रहेको सर्वोच्च न्यायालयले साबित गरिसकेको बताउदै जनताको जीतको यस घडीमा खुशी व्यक्त नगरिकन रहन नसक्ने बताए। गणतंत्रलाई बचाउन न्यायालयले दिएको न्याय को उक्त दिनलाई न्याय दिवसको रुपमा मनाउन समेत अपिल गरे।

सर्वोच्च न्यायालयले दिएको निर्णय अल्पसंख्यक, बहुसंख्यक र सम्पूर्णको लागि हितकारी रहेको र नेपालमा संविधान र न्यायलय माथि जनताले राखेको भरोसा कायमनै रहन सफल भएको समेत जिक्र गरे। केही अराजकतत्वहरुले देशलाई विगर्ना खोजेको तर सर्वोच्च न्यायालयले नेपाल र नेपाली जनताको पक्षमा गरेको फैसलाको स्वागत गर्दै खुशी मनाउन कुनै कसर बाकी नराख्ने संघका राष्ट्रीय अध्यक्ष डाॅ अब्दुल गनी अलकुफी ले बताउनु भयो।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.