मर्कजे अहले सुन्नत दरगाहें आला हजरत बरेलीको सहयोगले नेपालको गरिब परिवारमा राहत वितरण

0
Quantam abroad studies

शहबाज खान/कपिलवस्तु
कपिलवस्तुको कृष्णनगरमा रहेको अल जामियातुल बरकातिया लिलबनातमा कृष्णानगर नगरपालिका कोरोना प्रभावित गरिब पीड़ित असहाय परिवारहरुमा राहत वितरण गरिएको छ।

भारतको बरेलीमा रहेको मुस्लिम समुदायको ठुलो धार्मिक आस्थाको केन्द्र मर्कजे अहले सुन्नत दरगाहें आला हजरतको सहयोग तथा नेपाल वल्मा काउन्सिल र इत्तेहाद नेपालको सहकार्यमा कोरोना प्रभावित परिवारहरुमा खाद्यान्न समाग्री वितरण गरिएको हो।

sahani furniture udyog

दरगाहें आला हजरतबाट खाटिएको प्रतिनिधि मण्डलले नेपालको दुई जिल्ला बांके तथा कपिलवस्तुका गरिब पीड़ित परिवारलाई राहत समाग्री वितरण गरि नेपाल भारतको मित्रतालाई थप बलियों बनाएको र यो प्रतिनिधि मण्डलले केही दिन पहिला नेपालको विभिन्न जिल्लाहरुको अवलोकन गरेको कुरा इत्तेहाद नेपालका अध्यक्ष किफायातुल्लाह खांले बताएका छन। राहत वितरण गर्ना भारतबाट आएको प्रतिनिधिमण्डलको नेतृत्व मौलाना मुफ्ती सलीम नुरी (बरेली) मौलाना‌ सहाबुद्दीन रिजवी (बरेली) मौलान गुलाम मुस्तफा रिजवी (बरेली) ले गरेका छन।

उक्त मण्डलका प्रमुख मुफ्ती नुरी अनुसार मानवतालाई जोगाउन एक अर्कालाई सहयोग गर्नु नै असल अहले सुन्नत जमातको पहिचान हो। पीड़ीत असहायहरुलाई को मदत गर्नु नै मानव जातिको लागि एउटा ठुलो उपलब्धि हो नेपाल भारतको सम्बन्ध आत्मीय रहेकोले हामीले एक अर्का प्रति सहयोगको भावना सदैव राख्नु पर्छ। नेपाल भारत बीचको‌‌ धार्मिक सांस्कृतिक सम्बन्धलाई अझै बालियों बनाउनको लागि आउने दिनमा नेपाली थप सहयोग गर्ने हाम्रो तैयारी रहेको छ। दरगाहें आला हजरत बरेलीले विगतमा पनि नेपाली नागरिकहरु लाई शैक्षिक आर्थिक समाजिक रुपले सहयोग गर्ने प्रतिबद्धता मुफ्ती नुरीले गरेका छन।

आजको कार्यक्रमलाई सफल बनाउनको लागि नेपाल वल्मा काउन्सिलका मौलाना मुस्ताक अहमद बरकाती, हाफिज अहमद यार, मौलाना अकिल, मौलाना सद्दाम हुसेन, मौलाना सेराज अलीमी,मौलाना महबुब अली,मौलाना अहमद रजा, मौलाना रफीक इत्तेहाद नेपालका अकबर अली वास्ती हैदर अली हासीम अली लगायतहरुले निकै मेहनत गरेका छन।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.