
उत्तमकुमार थापा, बझाङ
नेपाल कम्युनिस्ट पार्टी विप्लव बझाङले नारावाजी गरेको छ ।
आज एक कार्यक्रमका विच जिल्लाकाे सदरमुकाम चैनपुर बजारमा नारावाजी गर्दै बजार परिक्रमा गरेका हुन । विगत लामाे समयदेखि भारतिय विस्तारवाद मुर्दावाद भन्दै आएकाे यस पार्टीले हिजाे मात्र दार्चुलाकाे महाकाली नदिमा भारतीय एसएसबीले गरेको चर्तीकला बारे चर्को नारा लगाउदै कडा भन्दा कडा कार्वाही गरियाेस भनी कार्यक्रम गरेको जाेग कठायतले बताए ।

विप्लव बझाङले गरेको कार्यक्रममा भारतिय साम्राज्यवाद मुर्दावाद सिमानाकामा ज्याजति गर्न पाईदैन , यस्तो हर्कत हामीलाई चाईदैन भन्दै नारा घन्काउनु भएको हाे । आज भएको कार्यक्रम जिल्ला सेक्रेटरी विराट उपाध्यायको सँयाेजक्ताेमा अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य तिलक कुवरले कार्यक्रम समापन गर्नुभएको थियाे ।

