प्रतिनिधिसभा सदस्य अभिषेक प्रताप शाहलाइ भेट्न् महासंघका वरिष्ठ उपाध्यक्ष उनको निवासमा

0
Quantam abroad studies

काठमाडौं ,
प्रतिनिधि सभा सदस्य अभिषेक प्रताप शाह र नेपाल बिश्व हिन्दु महासंघका केन्द्रिय वरिष्ठ उपाध्यक्ष बिजय प्रकाश निषाद बिच भेट्बार्ता भएको छ । प्रतिनिधिसभामा पुर्ब प्रम भट्टराईको टुइटको बिरोध गरेको भन्दै धन्यवाद दिन निषाद शाहलाई भेट्न पुगेका हुन् ।

पुर्ब प्रधानमन्त्री बाबुराम भट्टराईको पछिल्लो टुइटपछि देशभर हिन्दुको भावनामा ठेस पुर्याएको भनि बिरोध भएको छ । उनको टुइट पछि हिन्दुबादि संघसंगठनले चर्को बिरोध गरेका छन् भने बाबुराम भट्टराई र उन्ले नेतृत्व गरिरहेको जसपा पार्टी हिन्दु बिरोधि पार्टी भएको भन्दै आलोचना गरिरहेका छन् ।

यसैक्रममा प्रतिनिधिसभामा माननीय अभिषेक प्रताप शाहले पुर्ब प्रमको टुइटको खुलेर बिरोध गरे संगै आइन्दा कसैको आस्था र भावनामा ठेस पुग्ने टुइट गर्न वा अभिव्यक्ति नदिन अनुरोध समेत गरेका थिए । प्रतिनिधिसभामा सदस्य शाहले पुर्ब प्रम भट्टराई द्वारा बहुसंख्यक हिन्दुको भावनामा ठेस पुर्याएको भनि अभिव्यक्ति दिएपछि सारा हिन्दुबादि संघसंगठनले शाहको अभिव्यक्तिको स्वागत गरेका छन् ।

यसैगरी नेपाल बिश्व हिन्दु महसंघका वरिष्ठ उपाध्यक्ष बिजय प्रकाश निषादले काठमाडौं स्थित शाहको अवासमै भेटि उनलाइ धन्यवाद दिइएका छन् । निषादले बताए अनुसार शाह एकमात्र यस्तो प्रतिनिधि सभा सदस्य हुन जस्ले पटक पटक बहुसंख्यक हिन्दुहरु माथी भैरहेको प्रहार विरुद्ध बोल्ने आट गरेका छन् ।

दुबै बिच भेटपछि केहिबेर देशको समसमायिक राजनीति र हिन्दुहरु विरुद्ध भैरहेको षड्यन्त्र बारे छ्लफल भैरहेको छ ।

शुद्दोधन गाउपालिका
कपिलवस्तु साझेदारि बन ब्यवस्थापन समिती
शुद्दोधन गाउपालिका २
Leave A Reply

Your email address will not be published.