नेपाल विश्व हिन्दू महासंघको महराजगंजमा नगर कमिटी गठन,अध्क्षयमा चौधरी

0
Quantam abroad studies

कमलेश चन्द्र गुप्ता ; कपिलवस्तु-

हिन्दू संस्कृति र ओमकार परिवारलाई एक जुट गर्ने उदेश्यले स्थापित नेपाल विश्व हिन्दू महासंघ कपिलबस्तु शाखाले आफनो संगठन विस्तारलाई तिव्रता दिएको छ ।

sahani furniture udyog


नेपाल विश्व हिन्दू महासंघ कपिलवस्तुले सामाजिक र धार्मिक  कार्य सगै आफनो संगठन विस्तार गर्नमा लागेको छ। महासंघले महाराजगन्ज नगरपालिकामा सुनिल कुमार पाण्डे काे अध्यक्षता तथा नेपाल विश्व हिन्दु महासंघ काे लुम्बिनी प्रदेश महासचिव निरञ्जन यादव काे प्रमुख अतिथिता मा २५ सदस्यीय नगर कमिटी गठन गरेको छ । 

महाराजगन्ज नगर कमिटीमा अध्यक्ष टाेम नाथ चाैधरी , उपाध्यक्ष रामेश्वर प्रसाद शुक्ल , सचिव राजेश गुप्ता , सह- सचिव वंशराज यादव , काेषाध्यक्ष त्रिलाेकी नाथ  चाैहान , संस्कृतिक विभाग प्रमुख बासुदेव यादव , प्रजापति माैर्य , प्रचारप्रसार    शिव कुमार यादव , सल्लाहकार कपिल देव पाण्डे , सदस्य ताैलेश्वार रैदास , गंगाराम यादव , अंकित मिश्रा , शिव नारायण केवट , संताेष अग्रहरी , राहुल मिश्रा , कमलेश प्रजापति , राम सागर चाैधरी र जगलाल काेरी   चयन भएको जिल्ला प्रबक्ता लोकराज मिश्रले जानकरी गराउनु भएको छ।

यो नेपाल विश्व हिन्दू महासंघले बिश्वभरीका ओमकार परिवारलाई  एक साथ जोडन कार्य गरेको प्रदेश न ५ का महासचिव निरञ्जन यादवले बताउनु भयो। सम्पूर्ण हिन्दूहरू एकजुट भई हिन्दुत्वका साथ अगड़ी बढ़ने उनले बताए। साथै हाम्रो संस्कृति,संस्कार, चालचलन, रीतिरिवाजलाई सुरक्षा संरक्षणका लागि सबैलाई जगुरक गर्नु पर्ने बताए।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.