अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा याेगदान राष्ट्र काे लागि कपिलवस्तु शाखाले काेभिड १९ विरुद्ध अनिवार्य माक्स वितरण अभियान गर्‍याे (फाेटाे सहित )

0
Quantam abroad studies

धनी राम काेरी कपिलवस्तु

जिल्लाकाे सदरमुकाम ताैलिहवामा अन्तर्राष्ट्रिय युवा दिवसको उपलब्धमा याेगदान राष्ट्र काे लागि कपिलवस्तु शाखाले काेभिड १९ काे तेस्रो लहरलाई नियन्त्रण गर्नेकाे लागि माक्स वितरण गरेको छ । 

युवाहरु राजनीति क्षेत्रमा पनि सक्रिय हुनुहुन्छ । युवाले राष्ट्र काे विकास काे काम सगै , सामाजिक काम पनि  गरिरहेकाे कपिलवस्तु नगरपालिका का उपप्रमुख लक्ष्मी गुप्ता बताउनु भयो ।अन्तर्राष्ट्रिय युवा दिवसकाे अवसरमा याेगदान राष्ट्र काे लागि कपिलवस्तु ले बाटाे मा विना माक्स लगाएर हिड्ने मान्छेहरुलाई माक्स वितरण गरेर काेभिड १९ लाई नियन्त्रण मा अलि भए पनि सहयोग हुन्छ , याेगदान राष्ट्र काे लागि कपिलवस्तु शाखा संयोजक मोहम्मद इरफान मन्सुरी ले भन्नू भयो । 

जिल्ला प्रहरी कार्यालयका प्रहरीले सुरक्षा र माक्स वितरणमा सहयोग समेत गर्नु भएको हाे । याेगदान राष्ट्रकाे लागि कपिलवस्तु शाखाकाे अायाेजना र  डायनामिक सामाजिक विकास संस्था , कपिलवस्तु नगरपालिका , लुम्बिनी अपाङ्गता विकास केन्द्र काे समन्वय मा काेभिड १९ विरुद्ध अनिवार्य माक्स वितरण अभियान सम्पन्न भएको छ ।


उक्त कार्यक्रममा कपिलवस्तु नगरपालिका उपप्रमुख लक्ष्मी गुप्ता ,  पदम राज श्रेष्ठ – कपिलवस्तु नगरपालिका का सामाजिक बिकास अधिकृत पदम राज श्रेष्ठ , जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जगन्नाथ मरासिनी , लुम्बनी अपाङता विकास केन्द्र का ओरिराम चौरसिया , ट्राफिक प्रहरी कार्यालय तौलिहवाका नायव निरक्षक चित्र वीर केसी र याेगदान राष्ट्रकाे लागि कपिलवस्तु शाखा की सल्लाहकार बबिता गिरी , संचारकर्मी र प्रहरी लगायत अन्य व्यक्तिहरु काे पनि उपस्थिति रहेको थियो

Leave A Reply

Your email address will not be published.