महाराजगंज अबैध हतियार सहित तिनजना पक्राउ

0
Quantam abroad studies

कपिलवस्तु , 

महाराजगंज नगरपालिका वडा नं. ९ औरहवा अबैध हतियार सहित तिना जना पक्राउ परेका छन् । २७ गते बुधबार राति करिब १२ बजेको समयमा २० वार्षिय  लक्षमण यादव र  २८ वार्षिय बिश्वम्वर यादवलाइ विशेष सूचना आधारमा प्रहरीले पक्राउ गरि खानतलासि गर्दा १ थान नल कटुवा पेस्तोल र ३ राउन्ड गोलि बरामद गरेको थियो । 


विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय कृष्णनगर बाट प्रहरी निरीक्षक शुकदेव पौडेल र प्रहरी चौकी कुशुहवाबढनीबाट प्रहरी सहायक निरीक्षक बिक्रम प्रसाद भुषालको कमाण्डमा रहेको प्रहरी टोली महाराजगंज नगरपालिका वडा नं. ९ औरहवामा दुबैजनालाइ पक्राउ गरेको थियो । ति दुबै ब्यक्तिलाइ पक्राउ गरेपछि खानतलासी गर्दा लक्ष्मण यादवले आफ्नो कम्मर पेटीको भागमा अगाडी राखेको अवस्थामा घरेलु नल कटुवा पेस्तोल १ नाल र बिश्वम्वर यादवले लगाएको हाफपाईन्टको पकेटमा सोही घरेलु नल कटुवा पेस्तोलमा प्रयोग हुने गोली ३ राउण्ड फेला परेको थियो ।

प्रहरीले ति ब्याक्तीहरुलाइ नियन्त्रणमालिइ सोधपुछ गर्दा आफुहरुलाइ स्थानीय ४१ वार्षिय समसाद अहमद खाँ ले उक्त बन्दुक राख्न दिइएको बताएका थिए । त्यस पश्चात समसाद अहमद खाँ लाइ समेत प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । 


तिनै जनालाई  नियन्त्रणमा लिइ हतियार तथा खरखजाना मुद्दामा आवस्यक अनुसन्धान चलिरहेको प्रहरीले बताएको छ ।

Leave A Reply

Your email address will not be published.