तिलाैराकाेट दरबार क्षेत्रमा सरसफाइ गरेर युवा दिवस मनाइयो (फाेटाे सहित )

0
Quantam abroad studies

धनी राम काेरी , कपिलवस्तु 

कपिलवस्तु जिल्ला सदरमुकाम नजिकै रहेको बुद्धको क्रिडा स्थल तिलाैराकाेट दरबार क्षेत्रमा सरसफाइ गरि युवा दिवस मनाइएको छ । 
” राेजगार प्रवर्द्धन र वातावरण संरक्षणमा युवाकाे संलग्नता ” भन्ने मुल  नाराका साथ तिलाैराकाेट युवा क्लब तथा सुचना केन्द्रकाे अायाेजनामा तिलाैराकाेट  दरबार क्षेत्रलाई सफा , सुन्दर र राम्रो बनाउनकाे लागि याे कार्यक्रम गरिएको क्लबका अध्यक्ष राम शब्द यादवले बताएका छन् । 


दरबार क्षेत्र भित्र प्लास्टिक , कागजका टुक्रा , घास , पानीकाे बोत्ल जस्ता सामग्रीहरुलाई उचित ठाउँमा व्यवस्थापन गरिएको छ । दरबार क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरमा चर्चित रहेको छ । त्यसैले यस दरवार क्षेत्रलाइ सबैले सफा राखुन भन्ने संदेश फैलाउने उद्देशयले सरसफाइ कामकारबाहीमा गरिएको थियो । तिलौराकोट युवा क्लबको आयोजनामा गरिएको सो कार्यक्रममा कपिलवस्तु नगरपालिका र लुम्बिनी एकिकृत संस्था (लिडो) को सहयोगमा रहेको थियो । 

sahani furniture udyog


कार्यक्रमकाे अध्यक्षता तिलौराकोट युवा क्लबका अध्यक्ष रामशब्द यादबको रहेको थियो भने उक्त  कार्यक्रममा कपिलवस्तु नगरपालिका वार्ड न.६ कि वार्ड सदस्य सरिता गौतम, तिलौराकोटका वाल क्लबका प्रतिनिधिहरु, युवा क्लबका सदस्यहरुको उपस्थिति रहेका थिए ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.