पाकिस्तान र बाङ्लादेशमा मन्दिर तोडफोड भएको घटनाको बिरोध गर्दै नाराबाजी

0
Quantam abroad studies

जनकपुर , प्रदेश २ 

आज नेपाल विश्व हिन्दु महासंघ द्वारा प्रदेश नं २ को प्रस्तावित राजधानी जनकपुरधाम स्थित जनक चौकमा प्रदेश महासचिव एवं  (कार्यवाहक अध्यक्ष) मिथलेश झाको नेतृत्वमा पाकिस्तान र बाङ्लादेश बिरुद्ध चर्को नाराबाजी सहित बिरोध प्रदर्शन भएको छ । 

sahani furniture udyog


पाकिस्तान तथा बाङ्गलादेशमा हिन्दु मन्दिर माथि भएको आक्रमण र तोडफोडको विरोधमा चर्को नाराबाजी गर्दै व्यापक विरोध प्रदर्शन गरिएको छ। पाकिस्तान र बाङ्लादेशमा हिन्दु ,बौद्ध ,सिख माथि निरन्तर अत्याचार भैरहेको छ । पछिल्लो हप्ता पुन दुबै देशमा हिन्दु मन्दिरमा कट्टरपन्थी समुह द्वारा तोडफोड गरिएको छ।यसैगरी पाकिस्तानमा एक ८ वार्षिय हिन्दु बालकलाइ इशनिन्दाको आरोपमा पक्राउ गरि मुद्दा चलाइएको छ । इश निन्दाको कानुन अनुसार ति बालकलाइ फासीको सजाय समेत हुन् सक्ने छ ।

 उक्त विरोध प्रदर्शनमा महासंघका प्रदेश कार्यसमिति बाट जय प्रताप साह, पुजा मिश्र, रबिन्द्र पाण्डे, कृष्णकान्त शास्त्री, गौरीशंकर साह, निलम महतो, सबिता यादव , सुदिप झा , त्यसै गरि जिल्ला कार्यसमिति बाट सत्यनारायण साह, शिवन यादव दयालु,  प्रेम झा, रामनाथ महरा, लगायत सयौंको संख्यामा सहभागी रहेका आक्रोशित समुह द्वारा पाकिस्तान तथा बाङ्गलादेश विरुद्ध चर्को नाराबाजी का साथै व्यापक विरोध प्रदर्शन गरिएको छ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.