दश बुद्धेमा षणेन्त्रकारीको झुण्ड,नेता कर्ण थापा

0
Quantam abroad studies

उत्तम कुमार थापा बझाङ्ग
नेपाल कम्युनिष्ट पार्टी नेकपा एमाले बझाङ्गले पत्रकार सम्मेलन गरेको छ । पछिल्लो समय नेकपा एमाले आन्तरीक कलहमा रहेको वेला आज सदरमुकाम चैनपुरमा रहेको एमाले पार्टी कार्यालय पानकोटमा पत्रकार सम्मेलन गरेको हो ।

देशमा पछिल्लो समय नेकपा एमालेको आन्तरीक बहसलाई मध्यनजर गर्दै,विभिन्न विषयमा जनताका प्रश्नहरुको सँगालो के कस्ता रहेका छन भन्ने विषयमा र पार्टीको आधिकारीक धारण बारे सबैलाई जानकारी गराउँन पत्रकार सम्मेलन गरिएको युवा नेता लोकेन्द्र बहादुर सिहले कताए । नेपाल कम्युनिष्ट पार्टी नेकपाको आन्तरीक कलहले पछिल्लो अवस्थामा सर्वोचले नेकपा माओवादी केन्द्र र नेकपा एमाले अलगअलग अवस्थामा रहे संगै एमाले आन्तरीक कलहमा व्यस्त देखिन्छ भने नेकपा माओवादीका नेता लेखराज भट्ट,रामवहादुर थापा वादल लगाएलका नेताहरु एमाले खेमामै देखिन्छन । यसरी आन्तरीक कलहमा रहेको एमालेको भाग्य भविश्य कस्तो कहाँ र किन भन्नेमा धेरैको चासो उस्तै रहेको समयमा एमाले केपी खेमाका हस्ती नेताहरु बझाङ्ग जिल्लामा आईपुग्नु भएको छ । 

जिल्लामा पुगेका अहिलेका सुदुरपश्चिम प्रदेशका ईन्र्चाज कर्ण थापा सचिव लगाएत अनेरास्वव्यु केन्द्रीय अध्यक्ष ऐन महर एमालेका जिल्ला ईन्र्चाज भैरव बहादुर सिहँ, माननीय आशा कुमारी विक लगाएतका नेताहरु एमालेको ३१ औँ बैठकलाई सम्वोधन गर्न पुनु भएको एमाले नेता सुरत बहादुर सिहको भनाई छ।आज पार्टी कार्यालयको हलमा गरिएको पत्रकार सम्मेलनमा नेता कर्ण थापाले भने १० बुदे समजदारी भएर आफु याहाँ आएको बताउदै अझौ १० बुद्धे खोज्ने भिमरावल जस्ता नेता षणेन्त्रकारी भएको र षणेन्त्रकारी कसैलाई एमालेमा ठाउँ नभएको दावी गरेका हुन । 

sahani furniture udyog

पत्रकारले सोधेको २ / २ पटक सँसद विघटन गर्ने केपी ओली ठिक सर्वोचको प्रमादेशबाट बनेको प्रधानमन्त्री देउवा कसरी वेठीक भन्ने प्रश्नमा थापाले भने , केर्पी शार्म ओली राजनेता हुन उनले जे जे गरेको थियो सबै ठीक थियो अहिले सबै वेठिक भएको जिकीर गर्नु भयो । फेरी प्रश्न तेर्सियो तपाईको पार्टी विधिविधानमा चल्छ र चलेको छ भन्नु भयो तर जिल्लामा अफिलाल ओखेडा कसरी पार्टी अध्यक्ष हुनु भयो । यता थापाले भने दिलबहादुर सिह पछाडी जान नसकीने बताउँदै भानु भक्त जोशी पनि दुईमत भएको यता पनि ठीक्क उता पनि ठिक्क पार्ने नेता हामीलाई चाहीदैन हामी यस्तालाई एमालेमा चिन्दैनौँ सँगै अव मान्दैनौ उहाको भनाई निकै आक्रोश थियो । तर विधिविधान अनुशार साच्चीकै एमाले चल्ने हो भने पुर्वका अध्यक्ष देखी पार्टीका सबै एकै दजाको हुनुपर्ने स्पस्ट देखीन्छन ।

बझाङ्ग जिल्लामा पार्टी अध्यक्ष भन्दै अफिलाल ओखेडाको अध्यक्षतामा भोली बैठक बस्दै छ । यता अरु नेताहरुले भने यसलाई असुकार गर्दै आउँनु भएको पाईन्छ । अन्तिममा ओखेडाले भने पार्टी अध्यक्ष अफिलाल हो एक हो दुई हो अफिलाल एमालेको अध्यक्ष हो भन्दै,समापन गनुभएको हो

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.